१६४ दिनदेखि संसद बैठक अवरुद्ध

काठमाडौं । प्रतिनिधिसभाको बैठक १६४ दिनदेखि अवरुद्ध छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको नाराबाजी कारण १६४ दिनदेखि संसद निरन्तर अवरुद्ध हुँदै आएको छ ।
गत २३ गते भदौ गते संसदको नवौँ अधिवेशनको पहिलो बैठकदेखि एमाले सांसदले निरन्तर अवरोध गर्दै आएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गर्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।
एमालेले आफ्नो पार्टीबाट निष्काशित १४ सांसदलाई सभामुख सापकोटाले पदमुक्त नगरेर पार्टी विभाजनमा भूमिका खेलेको भन्दै उनीहरूले निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएका हुन् । निष्काशित १४ सांसदलाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने एमाले सांसदको चेतावनी छ ।
संसदको गतिरोध खुलाउनसभामुख सापकोटाले बोलाएको तीनवटा सर्वदलीय बैठकमा अनुपस्थित भएको एमालेले पार्टीबाट निष्काशित माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना जारी नगरेसम्म संसद अवरोध कायमै राख्ने बताएको छ ।
शुक्रबारको बैठकमा पनि उनीहरूको नाराबाजी चल्यो । आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ ।












आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया