१६४ दिनदेखि संसद बैठक अवरुद्ध

काठमाडौं । प्रतिनिधिसभाको बैठक १६४ दिनदेखि अवरुद्ध छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको नाराबाजी कारण १६४ दिनदेखि संसद निरन्तर अवरुद्ध हुँदै आएको छ ।
गत २३ गते भदौ गते संसदको नवौँ अधिवेशनको पहिलो बैठकदेखि एमाले सांसदले निरन्तर अवरोध गर्दै आएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गर्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।
एमालेले आफ्नो पार्टीबाट निष्काशित १४ सांसदलाई सभामुख सापकोटाले पदमुक्त नगरेर पार्टी विभाजनमा भूमिका खेलेको भन्दै उनीहरूले निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएका हुन् । निष्काशित १४ सांसदलाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने एमाले सांसदको चेतावनी छ ।
संसदको गतिरोध खुलाउनसभामुख सापकोटाले बोलाएको तीनवटा सर्वदलीय बैठकमा अनुपस्थित भएको एमालेले पार्टीबाट निष्काशित माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना जारी नगरेसम्म संसद अवरोध कायमै राख्ने बताएको छ ।
शुक्रबारको बैठकमा पनि उनीहरूको नाराबाजी चल्यो । आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया