६ कम्युनिस्ट पार्टीको प्रदर्शन शान्तिपूर्ण, सत्तारुढ एकीकृत समाजवादीका कार्यकर्ता उग्र

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध काठमाडौंको नयाँ बानेश्वर केन्द्रित प्रदर्शन शुक्रबार विहानैदेखि जारी छ ।
प्रतिनिधिसभाको बैठक आज पुनः बोलाएका कारण एमसीसी टेबुल हुन नदिन दबाब स्वरुप संसदीय दलहरु र संसदबाहिरका दलहरुले प्रदर्शन गरेका हुन् ।
संघीय संसद भवन रहेका कारण स्थानीय प्रशासनले बानेश्वरको चारै क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको छ । संसद भवनलाई केन्द्रित गरी ६ कम्युनिस्ट पार्टीहरुले बानेश्वर एभरेष्ट होटल अगाडि प्रदर्शन गरेका छन् भने पूर्वतर्फ नेपाल मजदुर किसान पार्टीले प्रदर्शन र विरोधसभा गरेका छन् ।
विप्लव नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको मसाल, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकीको माके (समाजवादी)ले संयुक्त प्रदर्शन गरेका छन् ।
संयुक्त प्रदर्शन गरेका ६ कम्युनिस्ट पाटीले शान्तिपूर्ण प्रदर्शन गरी एमसीसीको विरोध गरेका छन् भने त्यही क्षेत्रमा माधव नेपाल नेतृत्वको सत्तारुढ एकीकृत समाजवादीका कार्यकर्ताहरुले भने उग्र रुपमा प्रदर्शन गरेका छन् ।
एकीकृत समाजवादीको प्रदर्शनको नेतृत्व पुण्य गौतमले गरेका छन् । उनीहरुले विहानैदेखि सडकमा आगो बालेर प्रदर्शन गरेका छन् ।
सडकको मध्यभागमा ६ कम्युनिस्ट पार्टीले विरोधसभा गरिरहँदा छेउतिरको सडकमा आगो बालेर नेकपा एसका कार्यकर्ताले प्रदर्शन गरेका छन् । सडकमा आगो बाल्ने, कपडा खोलेर नाङ्गै हुनेदेखि सडकमा सुतेर उनीहरुले प्रदर्शन गरिरहेका छन् ।
सोही ठाउँमा एमसीसी विरुद्धमा प्रदर्शन गरेका केही राजावादी समूहले प्रहरीमाथि ढुंगा बसाएका थिए । प्रहरीलाई ढुंगा हानेर विथोल्न खोजेको भन्दै विप्लवका कार्यकर्ताले एक युवालाई कुटपिट समेत गरेका थिए ।




















सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ अब नेपालमा
इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटः एपीएफको विजयी सुरुवात
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
प्रतिक्रिया