शुक्रबार, पुष २५, २०८२

आज ७२ औँ प्रजातन्त्र दिवस मनाउँदै

मेरोन्यूज २०७८ फागुन ७ गते ७:२३

काठमाडौँ । आज ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा सरकारी निकाय र विभिन्न संघ संगठनले कार्यक्रम गरी मनाउँदै छन् । विं.सं. २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।

राज्य शक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनु पर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन अविस्मरणीय मानिन्छ ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

प्रतिक्रिया