कांग्रेस महासमिति सदस्य लमजुङमा १४ गते मतदान हुँदै

लमजुङ । नेपाली कांग्रेस लमजुङले केन्द्रीय महासमिति सदस्य पदका लागि १४ फागुनमा निर्वाचनको मिति तय गरेको छ । यसअघि मंसिर पहिलो साता निर्वाचन सकेको कांग्रेसले ३ महिनापछि निर्वाचन गर्न लागेको हो ।
जिल्ला अधिवेशन सकिएलगत्तै महासमिति सदस्य पदमा निर्वाचन गर्नु पर्नेमा निर्वाचनले पार्टीका प्रतिनिधि, उम्मेदवार, आयोजक, निर्वाचन कर्मचारीलगायत सबैमा थकान भएपछि सारिएको कांग्रेसले बताएको थियो । कांग्रेस नेता कार्यकर्ता गुट उपगुटमा लागेपछि त्यतिबेला महासमिति सदस्य पदको निर्वाचन गर्न कांग्रेसलाई गाह्रो परेको थियो ।
कांग्रेसको महासमिति सदस्य निर्वाचन कार्य तालिकाअनुसार मतदाता नामावली शुक्रबार प्रकाशन भएको थियो । आज दिउँसो १ बजेसम्म उमेदवारको मनोनयन फिर्ताको समय राखिएको छ । उमेदवारको अन्तिम नामावली प्रकाशन आजै हुने छ ।
मतदान कार्य १४ फागुन बिहान ९ बजेबाट बेलुका ५ बजेसम्म हुने छ । मतदान सकिएपछि मतगणना हुने छ । मतगणना सकिएपछि नतिजा प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन कार्यक्रम नेपाली कांग्रेस जिल्ला कार्य समितिको कार्यालय, लमजुङमा हुने छ ।
केन्द्रीय महासमिति सदस्य पदका उमेदवारले मनोनयनका लागि १४ हजार रुपैयाँ बुझाउनु पर्ने छ । कांग्रेसको विधानको धारा ११ को उपधारा ३ (क) बमोजिम केन्द्रीय महासमिति सदस्य पदका लागि निर्वाचन हुन लागेको हो ।
निर्वाचन ११ पदमा हुने छ । महिला सदस्य (प्रत्यक्ष) २ जना, खुला सदस्य (प्रत्यक्ष) ५ जना, महिला, दलित, आदीवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट ४ जना निर्वाचित हुने कांग्रेसले जनाएको छ ।















अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया