सोमबार, माघ ५, २०८२

जुम्लामा थपिए ६ हजार मतदाता

मेरोन्यूज २०७८ फागुन ७ गते १२:२०

काठमाडौँ । जुम्लामा ६ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भिक तथ्यांकअनुसार जुम्लामा ६ हजार २७१ जना नयाँ मतदाता थपिएका हुन् ।

गत ३ साउनदेखि २४ माघसम्म जुम्लामा नयाँ फोटोसहितको मतदाता नामावली संकलन भएको थियो । जिल्ला निर्वाचन कार्यालय जुम्लाले ७ फागुनमा परेको निर्वाचन दिवसको अवसरमा आयोजित अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजानिक गरिएको हो ।

जसमा महिला तीन हजार ४० जना र पुरुष तीन हजार २३१ जना मतदाता थपिएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख तथा निर्वाचन अधिकारी महेश शर्माले बताए । उनले भने, ‘थपिएका सहित जुम्लामा मतदाता संख्या जम्मा ६९ हजार तीन सय ३५ पुगेको छ, जसमा महिला मतदाता ३३ हजार १३७ र पुरुष मतदाता ३६ हजार १९८ जना रहेका छन् ।’

प्रतिक्रिया