थप ३५० जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५३८ जनाको पीसीआर परीक्षण गर्दा १९८ जना र ३ हजार ५ सय ५८ जनामा एन्टीजेन परिक्षण गर्दा १५२ जनाको कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा को अवधिमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ११ हजार ९१७ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा १ हजार २७२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म ९ लाख ५० हजार ५६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार शनिवार काठमाडौं जिल्लामा ५१ जना, ललितपुर जिल्लामा ७ जना र भक्तपुर जिल्लामा ४ जनामा कोरोना संक्रमण देखिएको छ ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया