एमसीसी संसदमा भोलि टेबुल हुने संकेत
एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको ६ दलको निश्कर्ष

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी आइतबारको प्रतिनिधिसभा बैठकमा टेबुल हुने संकेत देखिएको छ ।
सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी संसदमा टेबुल हुन समेत नदिएर सत्ता गठबन्धन दलले नै असहयोग गरेको भन्दै गठबन्धन भत्किने संकेत गरेपछि गठबन्धन जोगाउनकै लागि टेबल गर्न दिने निश्कर्षमा पुगेका छन् ।
सत्ता गठबन्धनमा रहेको दल नेकपा (एकीकृत समाजवादी)ले आज मात्रै स्थायी समितिको बैठकबाट एमसीसी टेबुल गर्न नरोक्ने निर्णय गरेको छ । एमसीसी अहिलेकै अवस्थामा पारित गर्न नसकिने अवस्था रहे पनि टेबुल गर्न नरोक्ने सो पार्टीले निर्णय गरेपछि आइतबारको संसद बैठकमा टेबल हुने सम्भावना देखिएको हो ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई फागुन ७ सम्म पर्खिन एकीकृत समाजवादीले आग्रह गरेको थियो ।
एकीकृत समाजवादीले गठबन्धन जोगाउन एमसीसीबारे मध्यमार्गी बाटो अपनाएसँगै एमसीसीविरोधी दलहरुले आइतबार आन्दोलन थप चर्काउने निर्णय गरेका छन् ।
एमसीसीविरुद्धमा आन्दोलन गर्न बनेको ६ कम्युनिस्ट पार्टीले आइतबार संसद भवन घेराउ तथा देशैभरीका जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्ने कार्यक्रम घोषणा गरेका छन् ।
नेकपा (विप्लव), नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माके (समाजवादी)को शनिवार बसेको बैठकले नेपाली जनताको एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निश्कर्ष निकालेको छ ।
अमेरिकी राजदूत र्याण्डी बेरीको ट्वीट र चिनिया विदेश विभागको पत्रकारसम्मेलनबाट ब्यक्त धारणा र देउवा सरकारको एमसीसी संसदमा टेबल गरी पारित गराउने अन्तिम कसरतले संघर्ष गम्भीर मोडमा पुगेको पुष्टी गरेको ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, संसद बैठकअघि आइतबार विहान ११ः ३० बजे कार्य ब्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । एमसीसी टेबल गर्ने नगर्ने विषयमा छलफल गर्न बीआइसीसी भवनको शंकर हलमा सभामुख अग्नि सापकोटाले परामर्श समितिको बैठक बोलाएका छन् ।
६ दलकाे संयुक्त प्रेस विज्ञप्ति

















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया