मंगलबार, माघ ६, २०८२

एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धन दल सहमत

मेरोन्यूज २०७८ फागुन ८ गते ११:२७

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्ने सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सत्ता गठबन्धन दलका नेताहरू एमसीसी संसदमा पेश गर्न सहमति भएका हुन् ।

Advertisement
thakur moters insidethakur moters inside

बैठकबाट बाहिरिदै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी संसदमा टेबल हुन दिने निर्णय भएको जानकारी दिए ।

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ ।

प्रतिक्रिया