सोमबार, माघ ५, २०८२

कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु

मेरोन्यूज २०७८ फागुन ८ गते १२:२०

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गत कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकले आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्ने छ ।

Advertisement
thakur moters insidethakur moters inside

यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको थियो । कानुन मन्त्री दिलेन्द्रप्रसाद बडूसहित दलका प्रमुख सचेतकहरू बैठकमा सहभागी छन् ।

प्रतिक्रिया