अर्थमन्त्री शर्माले एमसीसी टेबुल नगर्ने, मन्त्री कार्कीले राख्दै प्रस्ताव

काठमाडौँ । सत्तारुढ गठबन्धन दलबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने सैद्धान्तिक सहमति जुटेको छ । दलका नेताको फरक–फरक धारणाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रक्रियाअनुसार नै जाने भन्दै एमसीसी संसदमा टेबुल गर्ने अडान राखेका हुन् ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने तयारी भएको छ । एमसीसीलाई आजको प्रतिनिधिसभाको कार्यसूचीमा राख्ने कि नराख्ने भन्ने विषयमा छलफल गर्न यतिबेला संघीय संसद् भवनमा कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । तर, बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सहभागी छैन ।
यदि, आज दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी टेबुल गर्ने कार्य सूची तयार भए सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव पेस गर्ने भएका छन् ।
नियमतः विभागीय मन्त्रीसमेत रहेका अर्थमन्त्री जनार्दन शर्माले एमसीसी संसदमा टेबुल गर्नु पर्ने हो । तर, गत बुधबार बसेको सत्तारुढ दलको बैठकमा शर्मा ढिला आएकाले प्रधानमन्त्री देउवाले सरकारका प्रवक्तासमेत रहेका कार्कीलाई संसदमा टेबुल गर्न निर्देशन दिएका थिए ।
एमसीसी संसदमा टेबुल गर्दा आलोचना हुने डर शर्मामा रहेको सत्तारुढ दलका एक नेताले बताए । कार्की अर्थमन्त्री भएकै बेलामा अमेरिका भ्रमणका क्रममा एमसीसी सम्झौतामा हस्ताक्षर भएको थियो ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया