मंगलबार, माघ ६, २०८२

एमसीसीविरुद्ध गठबन्धन दलकै भातृ संगठन सडकमा (फोटोफिचर)

मेरोन्यूज २०७८ फागुन ८ गते १२:५९

काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्ने सहमति गरेका छन् । आज बिहान गठबन्धन दलको बैठकले एमसीसी आज बस्ने प्रतिनिधिसभा बैठकमा पेश गर्ने निर्यण गरेको हो ।

Advertisement
thakur moters insidethakur moters inside

यसैबीच सत्ता गठबन्धन दलकै भातृ संगठन सडक आन्दोलनमा उत्रिएका छन् । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायत दलका नेता तथा कार्यकर्तासहित भातृ संगठन एमसीसीविरुद्ध सडकमा उत्रिएको हो ।

आजै एमसीसीविरुद्ध छ वटा साना बामपन्थी दलहरूले शनिबार आन्दोलन गर्ने तयारी गरेको थियो ।

प्रतिक्रिया