शुक्रबार, वैशाख २५, २०८३

एमसीसी संसदको कार्यसूचीमा, सञ्चारमन्त्रीले पेश गर्ने

अर्थमन्त्री जर्नादन शर्माले पेश गर्ने कार्यसूची भएपनि उनी संसदमै नआउने भएका छन्

मेरोन्यूज २०७८ फागुन ८ गते १३:४२


काठमाडौं । २०७६ असार ३० गते संसदमा दर्ता भएर त्यक्तिकै अलपत्र परेको एम्सीसी अनुदान सम्झौता सदनको कार्यसूचीमा परेको छ । आजको संसद बैठकमा सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र वहादुर कार्कीले संसदमा एमसीसी सम्झौता टेबल गर्नेछन् ।

Advertisement
NiccNicc

यस अगाडी राष्टिय सहमति नबनेको र सत्ता गठबन्धन दलभित्रै पनि सहमति नजुटेपछि उक्त सम्झौता अनुमोदनका लागि संसदमा टेबुल हुन सकेको थिएन ।

संसदको कार्यसूचमिा अर्थमन्त्री जर्नादन शर्माले पेश गर्ने उल्लेख गरिएको छ । तर शर्माले आफु संसदमै नआउने जानकारी गराएपछि सरकारका तर्फबाट सञ्चारमन्त्रीले पेश गर्न लागेका हुन् ।

प्रतिक्रिया