पैसासँग देश साट्न सकिँदैन : सांसद पौडेल
मेरोन्यूज
२०७८ फागुन ८ गते १४:१३

काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले हाम्रो ऐन कानुनभन्दा माथि हुने गरी ल्याइएको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) खारेज गर्नु पर्ने बताइन् ।
‘हाम्रो देशको कानुनभन्दा माथि एमसीसीको कानुन लागु हुने छ,’ उनले भनिन्, ‘उद्योग तथा संस्थासँग उठाउन बाँकी कर उठाऔँ, त्यही पैसाले देश चल्न सक्छ, तर देश पैसासँग साट्न सकिँदैन ।’
नेपाली जनताले देश विकास गर्न आधा पेट खाएर पैसा दिन तयार भएकाले एमसीसी खारेज गर्न उनले माग राखिन् । ‘नेपाली जनता आज सडकमा उत्रिएका छन्, घरमा खाना पकाउने आगो निभाएर सडकमा आगो बालेका छन्,’ उनले भनिन्, ‘त्यसैले एमसीसीलाई खारेज गरी फिर्ता पठाऔँ, देश रहे हामी सबै रहन्छौँ ।’
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया