‘विश्वविद्यालयमा तालाबन्दी गरेर समस्या समाधान हुँदैन’

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले मातहतका क्याम्पसमा तालाबन्दी गरेर समस्या समाधान नहुने बताएका छन् । ज्ञान गोष्ठी संवाद शृङ्खला–६ द्वारा शनिबार आयोजना गरेको ‘विश्वविद्यालयको संकटमोचन’ विषयक कार्यक्रममा उनले राजनीतिक दलका हस्तक्षेपका कारण दिनानुदिन शिक्षामा असर पर्दै गइरहेको बताए ।
उनले भने, ‘विश्वविद्यालय प्रणालीलाई पुनःनिर्माण गर्नु पर्ने भएको छ, यसको स्वरूप ठूलो भएकाले गुणस्तरीय शिक्षा प्रदान गर्न केही क्याम्पस सार्नु पर्ने देखिन्छ ।’ क्याम्पसमा तालाबन्दी वा कुनै अन्य सो क्रियाकलाप हुँदैमा पदाधिकारीले चुप लागेर बस्नु नहुने उनको भनाइ छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धरले त्रिविलाई तालाबन्दी मुक्त गर्नु पर्ने धारणा राखे । उनले भने, ‘त्रिविले समय सान्दर्भिक शिक्षा प्रदान गर्न पाठ्यक्रम परिमार्जनलगायत सो बजारमुखी कार्यक्रम अघि सार्नुपर्नेछ ।’
खुला विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. राजकुमार पोखरेलले राजनीतिक पार्टीको आडमा शिक्षामाथि आक्रमण गर्न नहुने विचार व्यक्त गरे ।
त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख प्रा.डा. खड्क केसीले दल वा सोका नेता तथा संगठनमा लागेका व्यक्ति मात्रै माथि बढ्ने परम्परा हाबी हुँदै जाँदा योग्य व्यक्ति पछि पर्दै गइरहेका गुनासो गरे ।
सो विश्वविद्यालयअन्तर्गतका आंशिक प्राध्यापक राजेन्द्र आचार्यले समान कामको समान ज्याला भन्ने नारालाई आत्मसात् गर्दै आफूहरू सो प्राप्तिमा अघि बढिरहेको बताए । उक्त कार्यक्रममा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूको उपस्थिति थियो ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया