‘विश्वविद्यालयमा तालाबन्दी गरेर समस्या समाधान हुँदैन’

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले मातहतका क्याम्पसमा तालाबन्दी गरेर समस्या समाधान नहुने बताएका छन् । ज्ञान गोष्ठी संवाद शृङ्खला–६ द्वारा शनिबार आयोजना गरेको ‘विश्वविद्यालयको संकटमोचन’ विषयक कार्यक्रममा उनले राजनीतिक दलका हस्तक्षेपका कारण दिनानुदिन शिक्षामा असर पर्दै गइरहेको बताए ।
उनले भने, ‘विश्वविद्यालय प्रणालीलाई पुनःनिर्माण गर्नु पर्ने भएको छ, यसको स्वरूप ठूलो भएकाले गुणस्तरीय शिक्षा प्रदान गर्न केही क्याम्पस सार्नु पर्ने देखिन्छ ।’ क्याम्पसमा तालाबन्दी वा कुनै अन्य सो क्रियाकलाप हुँदैमा पदाधिकारीले चुप लागेर बस्नु नहुने उनको भनाइ छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धरले त्रिविलाई तालाबन्दी मुक्त गर्नु पर्ने धारणा राखे । उनले भने, ‘त्रिविले समय सान्दर्भिक शिक्षा प्रदान गर्न पाठ्यक्रम परिमार्जनलगायत सो बजारमुखी कार्यक्रम अघि सार्नुपर्नेछ ।’
खुला विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. राजकुमार पोखरेलले राजनीतिक पार्टीको आडमा शिक्षामाथि आक्रमण गर्न नहुने विचार व्यक्त गरे ।
त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख प्रा.डा. खड्क केसीले दल वा सोका नेता तथा संगठनमा लागेका व्यक्ति मात्रै माथि बढ्ने परम्परा हाबी हुँदै जाँदा योग्य व्यक्ति पछि पर्दै गइरहेका गुनासो गरे ।
सो विश्वविद्यालयअन्तर्गतका आंशिक प्राध्यापक राजेन्द्र आचार्यले समान कामको समान ज्याला भन्ने नारालाई आत्मसात् गर्दै आफूहरू सो प्राप्तिमा अघि बढिरहेको बताए । उक्त कार्यक्रममा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूको उपस्थिति थियो ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया