आइसीसी टी २० ग्लोबल क्वालिफायरमा नेपालले तेस्रो खेल खेल्दै
मेरोन्यूज
२०७८ फागुन ९ गते ८:१८

काठमाडौँ । ओमानमा जारी आइसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’अन्तर्गत आज नेपालले समूह चरणको अन्तिम खेल खेल्ने भएको छ । नेपालले आज क्यानडासँग अन्तिम खेल खेल्ने भएको हो ।
खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली सयमअनुसार ३ः४५ बजे सुरु हुने छ । यसअघिका दुई खेल जितिसकेको नेपालले क्यानडालाई पराजित गरे समूह विजेता बन्ने छ । योसँगै नेपाल सेमिफाइनल प्रवेश गर्ने छ ।
नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रन र फिलिपिन्सलाई १३६ रनले शानदार जित हात पारेको थियो ।
समूह चरणमा नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ भने क्यानडा र ओमान समान २ अंक जोड्दै दोस्रो र तेस्रो स्थानमा छन् ।
सम्बन्धित
















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
नेपाल अमेरिकासँग पराजित
प्रतिक्रिया