शनिबार, पुष २६, २०८२

माओवादी नेताले भने : रक्सी खुवाएर एमाले प्रवेश गराए

मेरोन्यूज २०७८ फागुन ९ गते ११:४७

डोटी । जिल्लाको आदर्श गाउँपालिका माओवादी केन्द्रका उपाध्यक्ष रण नेपालीले आफूलाई रक्सी खुवाएर एमाले प्रवेश गराएको आरोप लगाएका छन् ।

गत ६ फागुनमा आदर्श गाउँपालिकामा एमालेको कार्यक्रममा आफूलाई एमालेका कार्यकर्ताले रक्सी खुवाइ पार्टी प्रवेश गराएको नेता नेपालीले गत शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आफू एमालेमा नगएको र माओवादी केन्द्रमै रहेको भन्दै उनले आफूबाट भएको कमी कमजोरीप्रति क्षमा याचना गरेका छन् ।

प्रतिक्रिया