सोमबार, पुष २८, २०८२

एमसीसीबारे विवाद आएपछि नेकपा एसको बैठक बस्दै

मेरोन्यूज २०७८ फागुन ९ गते १२:११

काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे विवाद भएपछि केन्द्रीय सचिवालय बैठक बोलाइएको छ । बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको हो ।

यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने सहमति भएको थियो । तर, बैठकले संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि जनाएका थिए । उनले आइतबार बसेको संसद बैठकमा पनि विरोध गरेका थिए ।

प्रतिक्रिया