आइतबार, पुष २७, २०८२

एमाले केन्द्रीय विभाग प्रमुखको बैठक : समन्वयात्मक रूपमा काम गर्ने निर्णय

मेरोन्यूज २०७८ फागुन ९ गते १३:३४

काठमाडौँ । एमाले केन्द्रीय विभागका प्रमुखहरूको बैठक सम्पन्न भएको छ । सोमबार बसेको बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुख उपस्थिति रहेका थिए ।

एमाले महासचिव शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझाव दिन र आ–आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिए । बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखले पार्टी कामका सन्दर्भमा धारणा राखेको एमालेले जनाएको छ ।

विभागहरूलाई छिट्टै पूर्णता दिने, कार्य योजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय भएको छ ।

प्रतिक्रिया