एमसीसीविरुद्धको आन्दोलनप्रति केपी ओली आक्रोशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले केही दिनयता काठमाडौंको सडकमा भएका एमसीसीविरुद्धको आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका क्रान्तिकारीहरुले सडक भत्काएर सुरक्षाकर्मीमाथि आक्रमणमा उत्रिएको बताए ।
आफूमाथि ढुंगामुढा गर्नेमाथि प्रतिकार गर्ने आदेश नहुँदा सुरक्षाकर्मी भागेको भन्दै उनले सरकारमा रहेर सडकमा प्रदर्शन गर्ने र प्रहरीमाथि ईटा प्रहार गरेकोमा आक्रोश व्यक्त गरे ।
‘हिजो मैले देखेँ । तीन चार सय मान्छे सडकमा छन् । दुई हजार, २५ सय पुलिस छन् । ढाल बोकेर पुलिस छेकिएर बस्या छ । अगाडिबाट ढुंगा हानेका छन् । १५ जनाले ढुंगा हान्छ, डेढ सय पुलिस लुकेर बस्नुपरेको छ, किनकि लाठी चलाउने आदेश छैन उसलाई । टिएर ग्यास हान्ने आदेश छैन । केही गर्ने पनि आदेश छैन । पानी फोहोरा हान्न जान्छ ट्यांकर । तर, ढुंगा हान्न थालेपछि ब्याक गिएर लगाएर पछि सर्दै भाग्छ । त्यो हान्न सक्दैन, किनभने कोही घाइते भयो भने ट्यांकर चलाउनेको जागिर जान सक्छ ।’ अध्यक्ष ओलीले भने ।
तपाइँहरूले पुलिसलाई किन सडकमा पठाएको भनी गृहमन्त्रीलाई आज विहान मात्रै आफूले सोधेको पनि ओलीले बताए ।
सत्ताधारी गुटले, शासकहरुले नै सडकमा ढुंगा हान्न मान्छे पठाएको उनको भनाइ थियो ।
सडक भत्काएर प्रहरीमाथि ढुंगा हानेकालाई कसैले नरोकेको भन्दै उनले एमसीसीको विरोधमा उत्रिएको माओवादी केन्द्र र उसका भ्रातृ संगठनप्रति इंगित गर्दै विरोध गरे ।
‘कत्रो मिहेनत र कति खर्च गरेर बाटो बनाएको हुन्छ । ति बाटो भत्काइएको छ । तपाइँहरुले देख्नुभयो होला बाटो भत्काएको, सरकारमा हुने क्रान्तिकारीहरु बाटो बनाउनुपर्ने ठाउँमा भत्काएका छन् । बाटो नभत्कायो भन्ने कोही छैनन् । कस्तो सरकार हो ? अनि प्रहरीमाथि ढुंगा हानेका छन् । बाटो नभत्कायो, प्रहरीमाथि ढुंगा नहान भन्ने कोही छैनन् । प्रहरी कुटाइ खाएर भागेका छन् । खुट्टा भाँचिन लागिसक्यो अनि प्रहरी भाग्नुपरेन,’ अध्यक्ष ओलीले भने, ‘मैले गृहमन्त्रीलाई सोधेँ– के आदेश थियो ? काँचो ढुंगा हान्ने मात्रै आदेश थियो ? पकाएको इँटा मात्र हान्ने आदेश थियो ? के के आदेश थियो ?’
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया