आइतबार, पुष २७, २०८२

कांग्रेस प्रवक्ता महतले भने– एमसीसीका सन्दर्भमा सत्ता गठबन्धन एक छ

गठबन्धन एक भएर नै संसदमा टेबल भएको जिकिर

मेरोन्यूज २०७८ फागुन ९ गते १६:५८

काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता प्रकाशशरण महतले एमसीसीका सन्दर्भमा ढिलै भए पनि सत्ता गठबन्धन दलहरु एक भएको बताएका छन् ।

सत्ता गठबन्धनका दलहरुले एमसीसी टेबल भए पनि एमसीसीको पक्षमा नरहेको बताइरहेकाबेला कांग्रेस प्रवक्ता महतले एमसीसीमा गठबन्धन एक भएको बताए ।

तर महतले गठबन्धनमा एकमत रहेको दाबी गरे पनि गठबन्धनका प्रमुख दल माओवादी केन्द्रले आफ्नो पार्टीको असहमति र बिरोधका बाबजुर एमसीसी टेबल भएको बताउँदै आएको छ भने एकीकृत समाजवादीले टेबल गर्न नरोकिए पनि एमसीसीका विपक्षमा रहने बताइरहेको छ ।

सोमवार राजधानीमा पत्रकारसँगको अन्तरक्रियामा कांग्रेस प्रवक्ता महतले एमसीसीकाबारेमा फैलाइएको भ्रम हट्दै गएको उल्लेख गर्दै झुटो पर्दा उघारिन थालेको टिप्पणी गरे ।

एमसीसीकाबारेमा गलत प्रचार गरिएको भन्दै उनले अहिले संसदमा लगेर बुझाउन लागिएको बताए ।

उनले एमसीसी विशेष संरचना अमेरिकी कांग्रेसले स्थापना गरेको भन्दै अमेरिकाले पूर्वाधारका क्षेत्रमा सहयोग गर्न लागेको बताए ।

आफूहरुले निवेदन दिएको तथा माओवादी नेता बाबुराम भट्टराईलाई प्रधानमन्त्री भएको समयमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भएको समयमा नेपालमा एमसीसी अघि बढेको उनको भनाइ थियो ।

केपी ओली सरकारमा भएको समयमा यो संसदमा अनुमोदन गर्न ल्याइएको भन्दै बाम गठबन्धनले मन्त्रिपरिषदबाट पास गरेर संसदमा दर्ता गरेको उनको भनाई थियो ।

उनले भने, ‘अहिले बिरोध गर्ने सबै पहिला एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा थिए, कोही अछुतो छैनन् पास गर्नु हुदैन भन्ने ।’

उनका अनुसार पास भए पनि नभए पनि संसदमा पु¥याएका छौ । उनले भने, ‘५ बर्ष भित्र सम्पन्न गर्नु पर्नेमा ५ बर्षसम्ममा अघि बढाउन सकिएन ।’

ढिलै भए पनि गठबन्धनका दल एक भएर अहिले संसदमा टेबल भएको कांग्रेस प्रवक्ता महतले पटक पटक उल्लेख गरे । अमेरिकी सहयोग मात्र नभई नेपालमा चीनको समेत रहेको रहेको प्रशंग उल्लेख गर्दै रिङ रोड चिनियाँ ठेकेदार आएर बनाए ।

‘जुन देशबाट ऋण आएको हो त्यसको सावाँ ब्याजसहित अहिले तिर्नु परेको छ तिरिरहेकै छौ, उनैको जनशक्ति र उपकरण ल्याएर गरिरहेका छन् ।’

एमसीसीमा सैन्य परियोजनामा खर्च गर्न पाईदैन भन्ने सम्झौता भएको छ, अनि कसरी सेना कसरी आउछ ? अमेरिकाको काम छैन ? – उनको प्रश्न थियो ।

अहिले जस्तो कहिले पनि यस्तो प्रकारको दुश्प्रचार नगरिएको महतको भनाइ छ । ‘अहिलेसम्म एमसीसी आएका देशमा अमेरिकी सेना गएको छैन’, महतले प्रश्न गरे, ‘नेपालमा एमसीसी आउने बित्तिकै सेना आउँछ ?
एमसीसी छिटो भन्दा छिटो टुङ्गो लगाउन सरकार लागेको उनले बताए ।

कांग्रेसले गठबन्धन र विपक्ष दलसँग निरन्तर एमसीसीका विषयमन सम्वाद भईरहेको उनले बताए । उनले गठनबन्धन दल र विपक्ष दललाई यो विपक्षीय दलले नै संसदमा दर्ता गरेको हुँदा अहिले सहयोग गर्न उनले आग्रह गरे ।

‘अहिले सँबै मिलेर एमसीसी पास गरौं, अन्य आफ्ना आफ्ना मुद्दा पनि अघि बढाऔं,’ महतले भने, ‘जब सत्यको मुख बन्द हुन्छ, अनि भ्रम पैदा हुन्छ ।’

प्रतिक्रिया