मंगलबार, माघ ६, २०८२

राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार अधिकारीलाई

मेरोन्यूज २०७८ फागुन ९ गते २१:३४

काठमाडौं । राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार ज्योति अधिकारीलाई प्रदान गरिएको छ ।

Advertisement
thakur moters insidethakur moters inside

राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट प्रदान गरिने २० हजार राशीको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि परेका आवेदक मध्येबाट ‘नेपाल समय डटकम’ मा कार्यरत चितवनकी अधिकारी छनोट भएकी हुन् ।

आज एक कार्यक्रमकाबीच गण्डकी प्रदेश विधायन समितिका सभापति तथा नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णू प्रसाद लामिछानेले पुरस्कार राशीसहित दोसल्ला र सम्मान पत्रले अधिकारीलाई सम्मान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले राधाले समाजप्रति गरेको योगदान कहिल्यै भुल्न नहुने बताए । आफ्नो पिडा लुकाएर नै समाज परिवर्तनमा लागेकी राधाको साहस प्रति सम्मान व्यक्त गरेका छन् ।

राधा क्यान्सर सचेतना फाउण्डेसनको सुझाव अनुसार नै गण्डकी प्रदेशमा महिलाहरुको पाठेघर र स्तन क्यान्सरको उपचार निशुल्क गरिएको उनले बताए ।

उनले भने– ‘हामीलाई धेरै सुझावहरु दिनुभयो राधाको उपचारपनि नजिकै बाट देख्यौ हामीले पहल गरेर प्रदेशभरिका आमा दिदी बहिनीको पाठेघर र स्तनक्यान्सरको उपचार निःशुल्क बनायौँ ।’

उनले पत्रकारिताको माध्यमबाट आवाज बुलन्द बनाएर पीडितहरुको पक्षमा लाग्न पत्रकारहरुलाई आग्रह गरे ।

यस्तै, कार्यक्रममा नवलपरासी वर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले हिंसामा परेका महिला तथा पुरुषका लागि सहयोग गर्न रकम विनियोजन गरेको बताए ।

उनले जुनसुकै हिंसालाइ निरुत्साहित गर्न आफु सदैव तयार हुने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालले हरेक अस्पतालमा क्यान्सर परिक्षणको सुविधा उपलब्ध गराउन पहल गर्नुपर्ने बताए । साथै उनले क्यान्सर अस्पतालमा बिरामीहरुले सहजै सेवा पाउन कठिन भएको बताए ।

उनले भने– ‘क्यान्सर अस्पतालमा सहजै सेवा पाउन मुस्किल छ पहिलो स्टेजमा पुगेको बिरामी उपचारकालागि पालो पर्खदा पर्खदै तेस्रो स्टेजमा पसग्छ यसको व्यवस्थापनमा प्रदेश सरकारले चासो दिनुपर्यो’उनले हिंसामा परेकाले न्याय पाउन समेत कानूनी जटिलता भएकाले हिंसा गर्नेहरुलाई कडा भन्दा कडा सजाय दिनुपर्ने बताए ।

अहिलेको कानुन संसोधन गर्न आवश्यक रहेकोमा जोड दिए । फाउण्डेसनले स्व राधा बस्यालको जन्मजयन्तीमा हरेक वर्ष हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार उत्कृष्ठमध्ये एक जना पत्रकारलाई प्रदान गर्दै आइरहेको छ ।

वि.स २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो ।

एक दशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगतरुपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन् ।

प्रतिक्रिया