सोमबार, माघ ५, २०८२

स्थानीय तह निर्वाचनको तयारी गर्न प्रचण्डको यस्तो सर्कुलर

मेरोन्यूज २०७८ फागुन ९ गते २१:४९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनको तयारी गर्न प्रदेश कमिटीलाई सर्कुलर गरेका छन् ।

प्रदेश इन्चार्ज र अध्यक्षलाई सम्बोधन गरि पठाएको सर्कुलरमा केन्द्रीय समितिको बैठकबाट विस्तृत योजना र कार्यक्रम नबन्दासम्म संगठनात्मक काम र स्थानीय तहको निर्वाचनको कामलाई प्रभावकारी बनाउन भनिएको छ ।

सर्कुलरमा जिल्ला समन्वय समिति, नगर, गाउँ, वडा लगायतका पार्टी समिति, परिषद तथा विभागलाई पूर्णता दिन निर्देशन गरिएको छ ।

हरेक वडामा सक्षम, इमान्दार र लोकप्रिय उम्मेदवारको रोष्टर तयार गर्न पनि प्रचण्डले निर्देशन दिएका छन् । साथै गत स्थानीय तहको निर्वाचन मत परिणामको तथ्यांकगत आधारमा समिक्षा गर्ने तथा विजय पराजयको आधार र कारणहरुको पहिचान गर्न पनि भनिएको छ ।

प्रचण्डले पठाएको उक्त परिपत्रमा वडामा सकारात्मक प्रभाव पार्ने ब्यक्तिहरु, स्थानीय शिक्षक, कर्मचारी, स्थानीय क्लवमा आवद्ध युवाहरु, विभिन्न धार्मिक समूह र प्रतिष्ठानसँग आवद्ध ब्यक्तिहरु, ज्योतिष, धामी–झाँक्री, धर्मगुरुहरुको नामावली संकलन गर्ने तथा उनीहरुको राजनीतिक सुझाव आवश्यकता एवम् समस्याहरुको पहिचान गर्न पनि निर्देशन दिइएको छ ।

Advertisement
thakur moters insidethakur moters inside

प्रतिक्रिया