आज प्रदेश १ को नामाकरण टुंग्याउन बैठक बस्दै

विराटनगर । प्रदेश १ ले नामाकरणका बारेमा छिनोफानो गराउन सर्वदलीय बैठक बोलाएको छ । मुलुकका अन्य ६ प्रदेशको नामाकारण सम्पन्न भइसकेसँगै प्रदेश १ ले पनि नामाकरण गर्ने भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज अपराह्न १२ बजे बोलाइएको बैठकमा पाँच दलीय गठबन्धनमा आबद्ध दलका शीर्ष नेता सहभागी हुने छन् । प्रदेशसभा गठन भएको चार वर्ष भइसके पनि पहिचानका आधारमा कि भूगोल वा अन्य विषयलाई सम्बोधन गरेर प्रदेशको नामाकरण गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा प्रदेश १ को नामाकरण हुन सकेको थिएन ।
नेकपा एमालेका सांसद शेरधन राई नेतृत्वको सरकारले पटक–पटक नामाकरणका बारेमा छलफल गरे पनि निष्कर्ष दिन नसकेको विषयलाई सोही पार्टीबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र राई नेतृत्वको सरकारले सर्वदलीय बैठकबाट सहमति गरेर नामाकरणको निष्कर्ष निकाल्ने प्रयास गरेको हो ।
लिम्बुवान, सगरमाथा, कोशीलगायतका नाम सांसदले औपचारिक वा अनौपचारिक रुपमा प्रस्तुत गरे पनि राजनीतिक दलबीच सहमति हुन नसकेको बेला सर्वदलीय बैठकमार्फत नाम टुंगोमा पुर्याउन लागिएको स्वास्थ्यमन्त्री जयराम यादवले जानकारी दिए ।
















२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार
C General Secretary urges govt to release Karki-led Commission’s report
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
यामाहाद्वारा नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक
म्याग्दीमा मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया