प्रचण्ड र मोहन वैद्यबीच भेटवार्ता

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’बीच भेट वार्ता भएको छ । प्रचण्डलाई भेट्न महासचिव किरण प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) खारेज गर्न माग गर्दै सडक आन्दोलनमा रहेका मोहन वैद्यले सत्ता गठबन्धन दलका शीर्ष नेता प्रचण्डसँग भेट वार्ता गरेका हुन् ।
प्रचण्डले समेत अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने भन्दै सत्ता गठबन्धन बैठकमा आफ्नो मत राख्दै आएका छन् । एमसीसीका विषयमा वार्ता गर्न भएको दुवै नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
विं.सं. २०६९ सालमा तत्कालीन माओवादीबाट मोहन वैद्य पार्टी विभाजन गरेसँगै दुई नेताबीच विरलै सम्वाद हुँदै आएको थियो । पछिल्लो समय सार्वजनिक मञ्चमा प्रचण्डले माओवादी घटक दलहरू एकताबद्ध हुन आवश्यक रहेको बताउँदै गर्दा मोहन वैद्यसँगको भेटले नयाँ मोड लिएको छ । दुई नेताबीच खुमलटारमा वार्ता जारी छ ।












यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय
सुदूरपश्चिममा निर्वाचन प्रहरीमा चार हजारभन्दा बढीको आवेदन
Party unity imperative: Leader Koirala
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया