प्रचण्ड र मोहन वैद्यबीच भेटवार्ता

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’बीच भेट वार्ता भएको छ । प्रचण्डलाई भेट्न महासचिव किरण प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) खारेज गर्न माग गर्दै सडक आन्दोलनमा रहेका मोहन वैद्यले सत्ता गठबन्धन दलका शीर्ष नेता प्रचण्डसँग भेट वार्ता गरेका हुन् ।
प्रचण्डले समेत अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने भन्दै सत्ता गठबन्धन बैठकमा आफ्नो मत राख्दै आएका छन् । एमसीसीका विषयमा वार्ता गर्न भएको दुवै नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
विं.सं. २०६९ सालमा तत्कालीन माओवादीबाट मोहन वैद्य पार्टी विभाजन गरेसँगै दुई नेताबीच विरलै सम्वाद हुँदै आएको थियो । पछिल्लो समय सार्वजनिक मञ्चमा प्रचण्डले माओवादी घटक दलहरू एकताबद्ध हुन आवश्यक रहेको बताउँदै गर्दा मोहन वैद्यसँगको भेटले नयाँ मोड लिएको छ । दुई नेताबीच खुमलटारमा वार्ता जारी छ ।















रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया