भारतीय सेनामा कार्यरत नेपाली परिवारको कल्याणको लागि भारतले काम गर्छः भारतीय राजदूत क्वात्रा

काठमाडौं । नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले भारतीय सेनामा कार्यरत नेपालीको परिवारको कल्याणमा भारतले काम गर्ने बताएका छन् ।
भारतको ७४ औं सेना दिवसको अवसरमा मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गोर्खा सैनिकप्रति कृतज्ञता समेत प्रकट गरे ।
‘भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै वहाँ (क्वात्रा)ले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका तिनका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता दोहोयाउँने छ,’ भारतीय दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा राजदूत क्वात्राले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गरेका थिए ।
दूतावासले मंगलबार आयोजना गरेको कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मा प्रमुख अतिथिका रुपमा रहेका थिए ।
















‘अवसरको झोला’ अभियानमार्फत मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरूको भविष्यमा लगानी
बाग्मती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन
अर्थविद् केशव आचार्यको निधन
निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ ः गृहमन्त्री अर्याल
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया