गाउँपालिका प्रमुखको योजनामा २ विगाहा जग्गा कब्जा

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका प्रमुखले नै ऐलानी जग्गामा आफ्ना निकट मान्छे बस्न लगाएपछि विवाद उत्पन्न भएको छ ।
सरकारी जग्गाको संरक्षण गरी व्यवस्थापन गर्नु पर्नेमा यसरी मानिस बसाल्न थालेपछि डुडुवा गाउँपालिका वडा नं. ६ मा करीब २ विगाहा जग्गा कब्जा भएको छ ।
कालाबन्जरस्थित ऐलानी जग्गामा गिद्धेनजर परेपछि अहिले २ विगाहा जग्गा भूमिहीन तथा सुकुम्बासीका नामबाट कब्जा भएको छ ।
डुडुवा गाउँपालिकाले अस्थायी प्रबन्ध भन्दै प्रमुखका निकट मान्छेलाई बसाउँदा अन्य मान्छेहरुले पनि जग्गामा बस्न थालेपछि विवाद उत्पन्न भएको हो ।
सरकारी स्तरबाट ऐलानी जग्गाको खोजी गरी संरक्षण गर्नुपर्नेमा अस्थायी व्यवस्थापनको नाममा जमिन भएका र अन्यमानिसहरुलाई बसाल्न खोज्नुले सरकारी सम्पतीको दूरुपयोग देखिएको छ ।
एकाएक यसरी ऐलानी जग्गामा व्यक्तिहरु आएर कब्जा गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन् ।
यसरी कब्जा गर्नेहरुमा गाउँपालिका प्रमुखका निकटका व्यक्ति र अन्य ठाउँमा घरजग्गा भएकै मानिसहरु भएपनि हालसम्म करीब ४० टहरा बनिसकेका छन् । त्यहाँ बसिरहेका मानिसहरुको कुरा सुन्दापनि उनीहरुको अन्य ठाउँमा केही नकेही व्यवस्था रहेको बुझिन्छ ।
गाउँपालिकाप्रमुखको आदेशपाएकाहरु बाहेकका मानिसहरु किआफूहरु पनि बस्न पाउनु पर्ने अन्यथा सरकारले नै जमिन संरक्षण गर्नु पर्ने बताउँछन् ।
डुडुवा गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले अस्थायी प्रबन्धका लागि छरिएर रहेका मानिसलाई केही समयकालागि बस्न दिएको बताएपनि सोहीगाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्र भने सरकारी जग्गा कसैको आदेशमा भूमिहीन सुकुम्बासीका नाममा कब्जा हुनु दुर्भाग्य भएको बताउँछन् ।
उनले यसरी जमिन कब्जा भएपनि आफूहरुले स्थानीय प्रशासन र प्रहरीमा जानकारी दिएपनि सुनुवाई नभएको गुनासो गरे ।
संरक्षण गर्ने निकाय नै यसरी विवादमा आएर ऐलानी जग्गामा व्यवस्थापनको नाममा कब्जा गर्न लगाएपछि यस्ता सरकारी सम्पत्ति कसले संरक्षण गर्ने डुडुवाका सचेत नागरिकले प्रश्न गरिरहेका छन् ।
यता, जिल्ला प्रशासन कार्यालय, बाँकेले भने केही क्षेत्रमा कानुन विपरित सार्वजनिक सम्पत्ति व्यक्तिलाई वितरण गर्ने काम गरेको पाइएको उल्लेख गर्दै त्यसको संरक्षण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा वितरण गर्न स्थानीय तहहरुले नमिल्ने कानुनी व्यवस्था रहेकाले त्यसको संरक्षण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको बताए ।
उनले स्थानीय तहहरुले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने हो तर वितरण गर्न भने कानुनले प्रतिवन्ध गरेको पनि स्पष्ट पारे ।
प्रमुख जिल्ला अधिकारी खत्रीले सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा वितरण गर्ने अधिकार संघीय सरकारको मात्रै रहेको पनि स्मरण गराए ।
















‘अवसरको झोला’ अभियानमार्फत मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरूको भविष्यमा लगानी
बाग्मती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन
अर्थविद् केशव आचार्यको निधन
निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ ः गृहमन्त्री अर्याल
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया