लोसपाको शीर्ष नेताहरुको बैठक, एमसीसीबारे छलफल

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) शीर्ष नेताहरुको छलफल काठमाडौंको बबरमहलस्थित पार्टी कार्यालयमा बसिरहेको छ ।
पार्टीभित्रको विवादका कारण लामो समयदेखि बैठक बस्न सकेको थिएन । बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अर्का वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा र सर्वेन्द्रनाथ शुक्लालगायत सहभागी रहेका छन् ।
बैठकमा देशको समसामयीक राजनीतिक अवस्थाका साथै संसदमा आइतबार पेश भएको अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्तावबारेमा छलफल चलिरहेको छ ।
पछिल्लो समय पार्टीमा आन्तरिक विवाद चर्किएपछि लोसपाका कार्यकारिणी सदस्य वृषेशचन्द्र लाल तथा डा.विजय सिंह लगायत पार्टी छाडेर तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका थिए ।
प्रदेश, जिल्ला तथा स्थानीय तहमा गरिएको मनोनयनप्रति पार्टीभित्र विवाद भएको हो । पार्टी अध्यक्ष महन्थ ठाकुरले एकलौटी ढंगले मनोनयन गरेको भन्दै नेताहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया