एमसीसी फिर्ता लैजान अमेरिकालाई वामदेव गौतमको आग्रह

काठमाडौं । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले अमेरिकालाई मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) फिर्ता लिन आग्रह गरेका छन् ।
जनस्तरमा बिरोध भइरहँदा समेत सरकारले एमसीसी टेबल गरेको भन्दै गौतमले जनताप्रति सरकार इमान्दार नभएको देखिएको उल्लेख गरेका छन् ।
मंगलबार विज्ञप्ति जारी गर्दै गौतमले एमसीसी सम्झौता फिर्ता लिए नेपाल र अमेरिकाबीचको सम्बन्ध अझै प्रगाढ र समुधुर हुने विश्वास व्यक्त छन् ।
‘मैले यसभन्दा पहिले पनि एमसीसी परियोजना फिर्ता लैजान अमेरिकी सरकारलाई विज्ञप्तिमार्फत अनुरोध गरेको थिएँ । म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु‚’ गौतमले भनेका छन्, ‘यसबाट संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन नपरेको गौरवगाथाले ओतप्रोत नेपाल राष्ट्रकाबीच रहेको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझै प्रगाढ र समुधुर बनाउने सहयोग मिल्नेछ ।’
एमसीसीका कारण अमेरिकासँगको सम्बन्धमा समस्या उत्पन्न भए त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिम्मेवार हुने उनको भनाइ छ ।















हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया