नयाँ राजनीतिक समिकरणको प्रयास
बालुवाटारमा एमाले र कांग्रेस शीर्ष नेताहरुको छलफल
प्रधानमन्त्री देउवासहित कांग्रेसका चार नेता र एमाले अध्यक्ष ओलीसहित चार नेता बालुवाटारमा

काठमाडौं । कांग्रेस र एमालेका शीर्ष नेताकावीच प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै दुइ घण्टा छलफल भएकाे छ । सरकारको नेतृत्व समेत गरिरहेको दल नेपाली काग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाको जोडबलमा गत फागुन ८ गते संसदमा मिलिेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी सम्झौत अनुमोदनका लागि संसदमा पेश भएपछि कांग्रेस र एमालेका शीर्ष नेताहरुका वीचमा बालुवाटारमा छलफल भएकाे हो ।
छलफलमा कांग्रेसका तर्फबाट सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवा, उपसभापति पूर्णवहादुर खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्की र नेता मीनेन्द्र रिाजल छन । त्यस्तै एमालेबाट अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी छन् ।
एमालेले प्रधानमन्त्रीलाई सत्ता गठबन्धन तोडन उक्साईरहेका छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँगको सत्ता गठबन्धन तोडने काम प्रधानमन्त्री देउवाले गरे एमसीसीमा सहयोग गर्ने बचन एमालेले प्रधानमन्त्रीलाई दिएका छन् ।
संसदमा एमसिसी टेबल भएपछि प्रधानमन्त्री देउवा सहितका कांग्रेस नेताहरु र ओली सहित एमाले नेताहरुको टोलीका बीच पहिलो पटक छलफल भईरहेको हो ।
देउवाले सत्ता गठबन्धन तोडेरै भएपनि एमसीसी पारित गर्न चाहेका छन् । त्यसका लागि उनले एमाले नेतृत्वसँग तीन् ओटा विषयमा आस्वतस्त हुन चाहिरहेका थिए । एमसीसी अनुमोदनका लागि सहयोग गर्नुपर्ने, आफ्नै नेतृत्वको सरकार चुनावसम्मै चलन दिनुपर्ने र चुनावमा एमालेले माओवादी केन्द्रसँग गठबन्धन गर्न नहुने विषयमा स्पष्ट हुन चाहिरहेका छन् । त्यसो भएमा देउवा एमालेसँग सत्ता साक्षेदारी सम्म गर्न चाहेको कांग्रेसले एमालेसँग प्रस्ताव गरेको छ ।
तर ओलीले गठबन्धन तोडेमा एमसीसीमा सहयोग गर्ने, माओवादी र एकीकृत समाजवादीसँग चुनावी गठबन्धन नगर्ने, सभामुखलाई महाअभियोग लगाउनु पर्ने र केन्द्र सरकारलाई वाहिरै बसेर सहयोग गर्ने तर प्रदेशमा नेकपा एकीकृत समाजवादीले नेतृत्व गरिरहेको प्रदेश १ र वागमति प्रदेश सरकारको नेतृत्व आफुलाई दिनुपर्ने प्रस्ताव एमालेले कांग्रेससाग राखिरहेको छ ।
यही सन्र्दभमा कांग्रेस र एमाले शीर्ष नेताहरुको छलफल भईरहेको हो । कांग्रेसले दिनभर माओवादी केन्द्र र एकीकृत समाजवादीसँग एमसीसीमा सहयोगको अपेक्षा जारी राखेको थियो । तर सिंहदरवारमा माओवादी अध्यक्ष प्रच्ण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवका वीचमा छलफल भएको थियो । कांग्रेस नेता पूर्णवहादुर खड्काले प्रचण्डलाई खुमलटारमा पुगेर भेटेपनि सहमति जुटाउन सकेका थिएनन ।
त्यसपछि एमाले र माओवादीका शीर्ष नेताहरुको यो छलफल भएको हो । छलफल सकारात्मक दिशामा गए अहिले कायम सत्ता गठबन्धन भत्कने र नयाँ समिकरण निर्माण हुने सम्भावना वढेर गएको बालुवाटार स्रोतले बताएको छ ।
















दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्
इरान–इजरायल तनाव थप चर्कियो
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो, आज कतिमा काराेबार हुँदैछ ?
भैरहवामा महिलाको हत्या अभियोगमा किशोर पक्राउ
Four people dead in separate road accidents
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया