एमसीसी सकस
देउवाले ओलीसँग बिन्ती बिसाएः गठबन्धन भित्रबाटै असहयोग भयो, सहयोग गर्नुस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग एमसीसी अनुमोदनमा सहयोग गर्न आग्रह गरेका छन् ।
मंगलबार साँझ बालुवाटार पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग प्रधानमन्त्री देउवाले करिब २ घण्टा छलफल गरे । बालुवाटार पुगेका एमाले अध्यक्ष ओलीसहितका नेताहरुलाई देउवाले निकै नम्र भई स्वागत सत्कार गरेका थिए ।
नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्रीले गठबन्धनभित्रबाट आफूलाई असहयोग भएकाले प्रतिनिधि सभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको जानकारी दिए ।
‘भेटका क्रममा प्रधानमन्त्रीज्यूले हाम्रो पार्टीसमक्ष सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत (एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गर्नुभयो’ – रिजालले भने ।
एमाले अध्यक्ष ओलीले भने आफूहरुको माग सम्बोधन नभएसम्म संसदीय प्रकृयामा प्रवेश नगर्ने बताएको उनको भनाइ छ ।
‘हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ’ उनले भने । तर उक्त अर्थपूर्ण भेटवार्तामा कस्तो समझदारी भयो त्यो चाँही दुवै पक्षले खुलाएका छैनन् ।
भेटवार्तामा अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी सहभागी थिए ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया