एमसीसी सकस
गठबन्धनका शीर्ष नेतालाई प्रधानमन्त्रीको आजसम्मको ‘अल्टिमेटम’
प्रधानमन्त्रीको दूतका रुपमा गृहमन्त्री पुगे प्रचण्ड निवास, प्रचण्ड र अर्थमन्त्रीसँग गृहमन्त्रीको भेटवार्ता

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी अनुदान सम्झौता संसदवाट पारित गराउन कम्मर कसेर लागेका प्रधानमन्त्री शेरवहादुर देउवा सत्ता गबठन्धन दलका शीर्ष नेता देखि प्रतिपक्षी दलका नेता केपी ओलीसम्म समानान्तर सम्वादमा छन् ।
फागुन ८ मा एमालेको संसद अवरोध, सत्ता गठबन्धन दल माओवादी केन्द्र, एकीकृत समाजवादीको विरोध का वीच सरकारले संसदमा एमसीसी सम्झौता अनुमोदनका लागि पेश गरेको थियो ।
अव फागुन १२ मा बस्ने संसद बैठकबाट सम्झौतामा सैद्दान्तिक छलफल गराउँदै पारित गराउने तयारीमा सरकार लागेको छ ।
तर गठबन्धनमै रहेको माओवादी केन्द्र र एकीकृत समाजवादीे विपक्षमा मतदान गर्ने बताएपछि प्रधानमन्त्री अप्ठ्यारोमा परेका छन् । सोही कारण उनले सत्ता गठबन्धन दलका नेतासँग पार्टी र विपक्षी पार्टी एमालेसँग सामानान्तर रुपमा प्रधानमन्त्री आफै र प्रधानमन्त्रीको दल नेपाली कांग्रेसका कतिपय नेताहरुले दोहोरो सम्वाद अगाडी बढाईरहेका छन् ।
मंगलबार साँझ एमालेका अध्यक्ष ओली सहितका शीर्ष चार नेतासँग सम्वाद गरेका प्रधानमन्त्रीले अहिले फेरि आफना दूतका रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग थप छलफलका लागि गृहमन्त्री बालकृष्ण खाँणलाई पठाएका छन् । ओलीसँग सम्वाद अगाडी प्रधानमन्त्रीले मंगलबार साँझ उपसभापति समेत रहेका पूर्णवहादुर खड्कालाई प्रचण्ड निवास खुमलटार पठाएका थिए ।
एमालेले सत्ता गठबन्धन तोडनुपर्ने, सभामुखमाथी महाअभियोग लगाउनु पर्ने र संसद खुलाउने बाताबरण बने एमसीसीमा सहयोग गर्ने वचन प्रधानमन्त्रीलाई दिईसकेको छ । तर सभामुखमाथी महाअभियोगको प्रस्ताव ल्याउँदा थप संकटमा आफै पर्न सक्ने ठानेर प्रधानमन्त्री निर्णय प्रक्रियामा पुगिसकेका छैनन ।
तर अझै पनि विभिन्न नेताहरुले अनेक तवरवाट कुरा गर्दा कतै प्रचण्ड एमसीसी पारित गराउने गरी सहमतिमा आईहाल्छन् की भन्ने झिनो आशा अझै प्रधानमन्त्री देउवामा देखिन्छ । सोही कारण उनले अहिले प्रचण्डसँगको सम्वादका लागि गृहमन्त्री खाँणलाई प्रचण्ड निवास पठाएका हुन् ।
आज दिनभर सम्म पनि प्रचण्डले सिंग्नल नदिए गठबन्धन तोडेरै भएपनि एमसीसी पारित गराउने योजनामा देउवा लाग्ने कांग्रेस निकट स्रोतहरुले बताएका छन् ।
भोलि संसदको बैठक बोलाइएको छ । संसदमा सामान्य रुपमा सम्झौता सैद्धान्तिक रुपमा छलफलका लागि लैजान पनि वहुमतले स्वीकृत हुनुपर्छ । अन्यथा प्रक्रिया अगाडी वढदैन । त्यही भएर पनि आज विहानै देखि सत्ता पक्ष एमसीसी पारित गराउने कसरथका साथ दौडधुपमा लागेको हो ।
अहिले गृहमन्त्री प्रचण्ड निवासमा पुग्दा अर्थमन्त्री जर्नादन शर्मा पनि खुमलटारमै छन् । प्रचण्ड, गृहमन्त्री खाँँण् र अर्थमन्त्री जर्नादन शर्माका वीचमा खुमलटारमा छलफल भएको छ ।
तर अहिलेसम्म प्रचण्ड टसमस भएका छैनन ।
कांग्रेसका एक पदाधिकारीले अव सत्तागठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीमा अव बे गर्ने प्रष्ट धारणा बनाउनु पर्ने बताएका छन् । सरकारले लगेको प्रस्तावमा सत्ता गठबन्धनमै रहेर असहयोग गर्ने हो भने सरकार छोडनुपर्ने काग्रेसका नेताहरुले दवाव वढाईरहेका छन् ।
‘अव आजसम्म उहाँहरुले यस विषयमा प्रष्ट धारणा बनाउनुपर्छ । एमसीसीमा सहयोग गर्ने र सरकारमा बस्ने या गठबन्धन तोडेर सरकारबाट वाहिरिने, दुई मध्ये एउटा विकल्प उहाँहरुलाई रोज्न प्रधानमन्त्रीले आजसाँझसम्मको अल्टिमेटम जस्तै दिनुभएको छ’, कांग्रेसका एक पदाधिकारीले भने, –‘उहाँहरुले निर्णय दिनुभएन र आफनै अहिलेको अडानमा रहनु भयो भने प्रधानमन्त्री गठबन्धन तोडेरै एमसीसी पारित गर्ने विकल्पमा जानुहुन्छ । यस्तो बेला एमालेसँग नयाँ समिकरण विकास हुन्छ ।’













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रतिक्रिया