सोमबार, पुष २८, २०८२

गृहमन्त्री खाँण ओली भेट्न बालकोट पुगे

मेरोन्यूज २०७८ फागुन ११ गते १०:३८

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाँण ओलीनिवास बालकोट गएका हुन् । सत्तागठबन्धन र एमसीसीबारे उक्त भेटमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसी लगायतका विषयमा छलफल गर्न मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु बालुवटार पुगेका थिए । एमालेले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।

प्रतिक्रिया