बुधबार, पुष ३०, २०८२

गगन थापाको दौडधुप

एमसीसीबारे ‘चुपचाप’ बसेका गगन किन अहिले एक्कासी सक्रिय भए ?

मेरोन्यूज २०७८ फागुन ११ गते १६:१५

काठमाडौं । सरकारले अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनका लागि प्रतिनिधि सभामा टेबल गरेपछि कांग्रेस महामन्त्री गगन थापाको अस्वाभाविक दौडधप बढेको छ । नेपाली कांग्रेसले संसदीय दलको बैठक, केन्द्रीय कार्यकारिणी समितिबाट एमसीसी संसदमा तत्काल टेबल गर्ने निर्णय गराएर सरकारले संसदमा प्रस्ताव पेश गरेपछि थापाको अस्वाभाविक दौडधुप बढेको हो ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यथास्थितीमा एमसीसीको विपक्षमा रहने, एमालेले संसद अवरोध गरिरहने अवस्थामा पनि कांग्रेसले जनता समाजवादी पार्टी (जसपा), कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गरी तीन दल मिलेर बहुमतका आधारमा एमसीसी संसदबाट पास गर्ने योजना बनाएको छ ।

जसपाको बाबुराम भटटराई पक्ष एमसीसी पारित गर्नुपर्ने पक्षमा रहेपनि उपेन्द्र यादव पक्ष मौन बसेको छ । तर यादव पक्षलाई पनि सहमतिमा ल्याएर एउटै मत बनाउन सकिने विश्वास कांग्रेसले लिएको छ । यही क्रममा कांग्रेसका महामन्त्री थापाले एमसीसीको विपक्षमा मतदान गर्ने हो भने माओवादी र एकीकृत समाजवादी पार्टीलाई सरकारमा बस्ने अधिकार नभएको भन्दै धम्क्याएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन टुटे टुटोस्, तर एमसीसी सम्झौता संसदबाट पास गर्ने पक्षमा देखिदा उनकै पार्टीका महामन्त्री थापा मौन जस्तै देखिएका थिए । कतिपय प्रसंगमा भने उनले पनि सम्झौता केही न केही संशोधन भएर मात्र पारित हुने बताएका थिए । तर संसदमा टेबुल गरेपछि भने उनले आफ्नो भूमिकालाई बढाएका छन् ।

उनी महामन्त्री हुनुअघिसम्म एमसीसीको विरोधमा थिए । एमसीसी यथास्थितिमा पास हुनै नसक्ने र हुन नदिने पक्षमा थिए । एमसीसीको विषयमा गलत प्रचार गरिएका कारण त्यसको पक्षमा वोल्दा जनविरोधी भईने डर उनमा थियो । चुनावको मुखमा एमसीसीको पक्षमा खुलेर वोल्दा त्यसको फाईदा एमालेले उठाउने डर भएकै कारण उनी मौन बसेको अनुमान गरिएको थियो । तर अहिले देउवाभन्दा बढी चर्को रुपमा एमसीसीको पक्षमा थापा उभिएका छन् ।

उनले दुईयता नेकपा माओवादी केन्द्र र एस पार्टीलाई सरकारमा बस्नुको औचित्य नभएको, सरकारले एमसीसी पास गर्ने जस्ता अभिव्यक्ति दिइरहेका छन् । ‘महामन्त्री गगन थापाले अहिले विशेष टास्क पाउनु भएको छ, उहाँ अमेरिकाको सम्पर्क सुत्रको रुपमा समेत चिनिएका कारण प्रधानमन्त्रीले यस विषयमा धारणा राख्नुपर्यो भन्नु भयो त्यही भएर उहाँको बोली चर्को रुपमा आएको हो’, कांग्रेसका एक वरिष्ठ नेताले भने ।

उनका अनुसार थापाले आफूलाई प्रधानमन्त्रीको खास मान्छे भएको देखाउनुपर्ने भएकाले चर्को अभिव्यक्ति दिन थालेका हुन् ।

मंगलबार मात्रै कांग्रेसका महामन्त्री थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका थिए । उनले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुने बताउदै सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि सँगै सरकारमा बस्ने अधिकार नरहेको भन्दै भन्दै आएका थिए ।

हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौ । तरसँगै जान्छौं भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ। कि यसका पक्षमा मतदान गरेरसँगै बसौं । फरक फरक ठाउँमा मतदान गर्ने भएसँगै बस्न नकिने अभिब्यक्ति थापाको थियो ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीका विषयमा विभिन्न किसिमका प्रक्रिया अघि बढेको स्मरण पनि उनले गराउँदै आएका छन् । किन यस्तो अभिव्यक्ति अहिले थापाले दिइरहेका छन् भन्ने बारेमा नखुलेपनि उनीमाथी अमेरिकी दूतावासको सम्पर्क सूत्र भएको ब्यीक्तका रुपमा बेलाबेला आरोप लाग्दै आएको छ ।

यही कारण उनी सक्रिय भएका हुन भन्ने आधार नभएपनि उनको पछिल्ला अभिव्यक्ति र खटाइले भने आशंका उब्जाएको छ ।

थापामाथि लागेको आरोप यस्तो थियो
गगन थापा अमेरिकी दुताबासका मुख्य सम्पर्क सुत्र भएको भन्दै सञ्चार माध्यममा समाचार आएको थियो । शक्तीशाली राष्ट्रले आफ्नो प्रभुत्व बढाउन कमजोर राष्ट्र माथि दुई प्रकारका प्रभावको प्रयोग गर्छन, एक हो ‘हार्ड पावर’ भने अर्को हो ‘सफ्ट पावर’। ‘सफ्ट पावर’ अन्र्तगत नेताहरुलाई प्रयोग गरिएको समाचार प्रकासित भएका थिए । त्यो समाचार प्रकाशन भएको केही समयमा गगन थापाको एउटा फोटो ट्विट भएको थियो । हार्डवर्ड विश्वविद्यालय अन्तर्गतको केनेडी स्कुलमा  “ Global Leadership & public policy for 21st century ”  को १५ दिने तालिम लिएका थिए । थापाको उक्त कोर्षको सम्पुर्ण खर्च अमेरिकी दुताबासले गरेको थियो ।

त्यसको आलोचना भएपछि अमेरिकी दूतावासले ट्वीट गरेर प्रतिरक्षा गरेको थियो । ‘शक्तीशाली राष्ट्रले अन्य देशमा आफ्नो प्रभाव बढाउन राजनितिक नेताहरु अनेक तारिकाबाट परिचालित गर्छन भन्ने नेपाली जनमानसलाई थाहा भएकै कुरा हो । थापाले उक्त कोर्स गर्नु कुनै नकारात्मक कुरा पनि हैन’, अमेरिकी दूतावासले गरेको प्रतिरक्षामा भनिएको थियो ।

तत्कालिन डिपुटी चिफ अफ मिसन हालका अमेरिकी राजदुतको रिर्पोट


गगन थापाको अमेरिकी दुताबाससँगको सम्बन्ध पुरानो देखिन्छ । अमेरिकी दुताबासका तत्कालिन डिपुटी चिफ अफ मिसन र्याण्डी बेरी (जो अहिले नेपालका लागि अमेरिकी राजदुत भएका छन) ले २००८ मा तयार पारेको “Nepal: Countdown continue: 38 days till CA Elections” शिर्षकको रिर्पोटमा गगन थापालाई नेपाली कांग्रेस भित्रका गतिविधीको सुचना लिने कार्यमा अमेरिकी दुताबासले प्रयोग गरेको प्रष्ट देखिन्छ । दुताबासको उक्त रिपोर्टमा गगन थापालाई “Key Embassy Contact”  अर्थात “दुताबासका मुख्य सम्पर्क सुत्र” भनि सम्बोधन गरिएको छ।


रिर्पोटमा अमेरिकी दुताबासले निकट भविश्यमा हुन गइ रहेको संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसको तयारी र नेपाली कांग्रेसको अवस्थाको बारेमा थापासंग जानकारी मागेको छ । थापाले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बृद्ध र कमजोर भएकाले चुनावी सभालाई सम्बोधन गर्न नसक्ने र पार्टी प्रति विद्यार्थी संगठन मोहभंग भएकाले नेपाली कांग्रेसले राम्रो नतिजा ल्याउने नसक्ने भनि थापाले दुताबासका कर्मचारीलाई जानकारी गराएका छन । साथै तराईमा रहेका पहाडीमुलका जनताले नेपाली कांग्रेसले मधेसीलाई धेरै नै अधिकार दिएको भनेर असन्तुष्ट रहेकोले आगामी चुनावमा नेकपा एमालेलाई भोट दिन सक्के आफुलाई लागेको थापाले दुताबासका कर्मचारीलाई सुनाउँछन ।

प्रतिक्रिया