बुधबार, पुष ३०, २०८२

एसीसीका पक्षमा मतदान गर्ने लोसपाको निर्णय

मेरोन्यूज २०७८ फागुन ११ गते १६:०२

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग परियोजना एमसीसीका पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको छ ।

बुधबार बसेको लोसपा संसदीय दलको बैठकले एमसीसीका पक्षमा मतदान गर्ने निर्णय गरेको हो । एमसीसीको पक्षमा संसदमा बहस र छलफल गर्ने लोसपाले निर्णय गरेको हो ।

यसअघि मंगलबार लोसपाका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

बिहिबारको बैठकमा सबै सांसदहरूलाई उपस्थित हुन पनि लोसपाले निर्देशन दिएको छ । प्रतिनिधिसभामा लोसपाका १३ सांसद छन् ।

प्रतिक्रिया