संसदको भोलिको कार्यसूचीः मन्त्री जनार्दन शर्माले एमसीसी छलफलको प्रस्ताव गर्ने
मेरोन्यूज
२०७८ फागुन ११ गते १६:१४

काठमाडौं । प्रतिनिधिसभाको विहीबार बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारेमा छलफल हुने भएको छ ।
संसद सचिवालयले आज सार्वजनिक गरेको कार्यसूचिमा अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश भएको एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख छ ।
आइतबार एमसीसी प्रस्ताव अर्थमन्त्री शर्माले पेश गर्ने कार्यसूची भए पनि शर्माले अस्वीकार गरेपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेश गरेका थिए ।
प्रतिनिधिसभाको बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा दुई वटा कार्यसूची मात्रै रहेको संसद सचिवालयले जनाएको छ ।
पहिलो कार्यसूचीमा महान्यायाधीवक्ताको वार्षिक प्रतिवेशन संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले पेश गर्ने उल्लेख छ ।
संसद बैठकअघि विहीबार विहान ११ बजे कार्यब्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।
यस्ताे छ, कार्यसूची

सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया