‘एमसीसीमा नेपालले अमेरिकी राष्ट्रिय सुरक्षा अवधारणालाई पालन गर्नुपर्ने शर्त छ’ (भिडियो)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसी पास गरेपछि नेपालले अमेरिकी राष्ट्रिय सुरक्षा अवधारणालाई पालन गर्नुपर्ने शर्त रहेको र यो नेपालका लागि स्वीकार्य नहुने बताएका छन् ।
एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका नेता खनालले एमसीसीमा रहेका केही शर्तहरु अनावश्यक र आपत्तिजनक रहेको उल्लेख गरे ।
कार्यदलले अध्ययनका क्रममा एमसीसीका २०१७ को दस्ताबेज र २०१९ को कार्यान्वयन सम्झौता भन्दा बढी अरु नयाँ नौ वटा सम्झौता फेला पारेको पनि खनालले स्पष्ट गरे ।
एमसीसी सम्झौता मानिसकेपछि नेपालले उदार अर्थतन्त्र मान्नुपर्ने, उदार लोकतन्त्र मान्नुपर्ने, बजार अर्थतन्त्र मान्नुपर्ने शर्त तथा अमेरिकाको प्रचलित कानूनहरु र पछि बन्ने कानूनहरु पनि मान्नुपर्ने जस्ता शर्त रहेको उल्लेख गर्दै नेता खनालले यस्ता कुराहरुमा नेपालले एमसीसी पास गर्न नसक्ने बताए ।
पूर्व प्रधानमन्त्री खनालले एमसीसी सम्झौता ५ वर्षका लागि भनिए पनि केही धारा तथा उपधाराहरुमा यो सदाका लागि रहिरहने उल्लेख गरिएको समेत बताए ।
खनाल सम्बन्धित पार्टी एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई जोगाइराख्नका लागि एमसीसी संसदमा टेबल गर्न दिने निर्णय गरेको थियो ।
एकीकृत समाजवादीको निर्णयपछि आइतबार विभिन्न दलको विरोधका बाबजुद एमसीसी प्रस्ताव संसदमा पेश गरिएको थियो । उक्त प्रस्तावमाथि भोलिदेखि सदनमा छलफल हुने भएको छ ।
भिडियाे:

















British ambassador Fenn pays courtesy call on Education Minister Pokharel
Gold and silver prices up
गाजामा भएको इजरायली आक्रमणमा १० जनाको मृत्यु
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ कार्यसंस्कृति लागू
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया