‘एमसीसीमा नेपालले अमेरिकी राष्ट्रिय सुरक्षा अवधारणालाई पालन गर्नुपर्ने शर्त छ’ (भिडियो)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसी पास गरेपछि नेपालले अमेरिकी राष्ट्रिय सुरक्षा अवधारणालाई पालन गर्नुपर्ने शर्त रहेको र यो नेपालका लागि स्वीकार्य नहुने बताएका छन् ।
एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका नेता खनालले एमसीसीमा रहेका केही शर्तहरु अनावश्यक र आपत्तिजनक रहेको उल्लेख गरे ।
कार्यदलले अध्ययनका क्रममा एमसीसीका २०१७ को दस्ताबेज र २०१९ को कार्यान्वयन सम्झौता भन्दा बढी अरु नयाँ नौ वटा सम्झौता फेला पारेको पनि खनालले स्पष्ट गरे ।
एमसीसी सम्झौता मानिसकेपछि नेपालले उदार अर्थतन्त्र मान्नुपर्ने, उदार लोकतन्त्र मान्नुपर्ने, बजार अर्थतन्त्र मान्नुपर्ने शर्त तथा अमेरिकाको प्रचलित कानूनहरु र पछि बन्ने कानूनहरु पनि मान्नुपर्ने जस्ता शर्त रहेको उल्लेख गर्दै नेता खनालले यस्ता कुराहरुमा नेपालले एमसीसी पास गर्न नसक्ने बताए ।
पूर्व प्रधानमन्त्री खनालले एमसीसी सम्झौता ५ वर्षका लागि भनिए पनि केही धारा तथा उपधाराहरुमा यो सदाका लागि रहिरहने उल्लेख गरिएको समेत बताए ।
खनाल सम्बन्धित पार्टी एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई जोगाइराख्नका लागि एमसीसी संसदमा टेबल गर्न दिने निर्णय गरेको थियो ।
एकीकृत समाजवादीको निर्णयपछि आइतबार विभिन्न दलको विरोधका बाबजुद एमसीसी प्रस्ताव संसदमा पेश गरिएको थियो । उक्त प्रस्तावमाथि भोलिदेखि सदनमा छलफल हुने भएको छ ।
भिडियाे:









चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे
पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
एनपिएलमा आज दुई खेलकाे राेचक भिडंन्त
प्रतिक्रिया