पल शाहविरूद्ध तनहुँमा जबरजस्ती करणीको जाहेरी दर्ता

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको आरोपमा मुद्दा दायर भएको छ। बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा यौनजन्य अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो ।
१७ वर्षीया गायिका समीक्षा अधिकारीले उजुरी दिन सक्ने जोखिम देखेर शाहले उनलाई आफुसँगसँगै लिएर हिँडेका थिए। तर आज उनी घर जान्छु भनेर पोखरा पुगेकी थिइन्। त्यहाँबाट पारिवारिक सल्लाह गरेर तनहुँ पुगेर जाहेरी दर्ता गराइन्।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।
हालै मिडियामा सार्वजनिक भएको अडियो रेकर्डमा पलले ती अधिकारीसँगको सम्बन्धलाई स्वीकार गरेका छन्














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया