सभामुख सापकोटा र प्रचण्डबीच भेटवार्ता
मेरोन्यूज
२०७८ फागुन ११ गते २१:४६

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ बीच बुधबार बेलुका भेटवार्ता भएको छ ।
विहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीबारे छलफलको सम्भावित कार्यसूची सार्वजनिक भइरहँदा प्रचण्ड र सापकोटाबीच भेटवार्ता भएको हो ।
प्रचण्ड सभामुखलाई भेट्नका लागि लैनचौरस्थित निवास पुगेका थिए । भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि थिए । एमसीसीको विपक्षमा जाने निर्णय गरेको नेकपा माओवादी केन्द्र यतिबेला संकटमा छ ।
सत्ता गठबन्धनको नेतृत्वकर्ता कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी पास गर्ने पक्षमा छन् । गठबन्धन तोडेरै भए पनि एमसीसी पास गर्न देउवा कस्सिएपछि प्रचण्डले कसरी अघि बढ्ने भन्नेबारे सभामुखसँग छलफल गरेका हुन् ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया