मंगलबार, पुष २९, २०८२

संसदमा एमसीसी पेश गर्ने कार्यसूचीका बीच अर्थमन्त्री पुगे पर्वत

मेरोन्यूज २०७८ फागुन १२ गते ८:२६

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा पर्वत पुगेका छन् । जिल्ला उद्योग वाणिज्य संघको आज हुने साधरणसभालाई सम्बोधन गर्न उनी पर्वत पुगेका हुुन् ।

आजै बस्ने प्रतिनिधिसभा बैठकमा मन्त्री शर्माले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पेश गर्ने कार्यसूची रहेको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले नेपाल सरकार र अमेरिकी सहयोग निकाय एमसीसीबीच भएको अनुदान सहायता सम्झौतामाथिको छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने तय भएको संघीय संसदले जनाएको छ । तर, उनी पर्वत पुगेका छन् ।

गत ८ गते बसेको प्रतिनिधिसभा बैठकमा समेत मन्त्री शर्मा अनुपस्थिति भएसँगै सरकारका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेश गरेका थिए ।

प्रतिक्रिया