सडकमा आज कति परिचालित छन् सुरक्षाकर्मी ?
एमसीसी संसदमा टेबल गरेको दिनभन्दा आज झण्डै थप १८ सय सुरक्षाकर्मी सडकमा

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध सत्तामा रहेकै दल देखि अन्य राजनीतिक दल र तिनका भातृ संगठनहरु आन्दोलनमा छन् । संसद भवन नयाँ बानेश्वर लक्षित गदै एमसीसीको विपक्षमा रहेकाहरुले विरोध केन्द्रीत गदै लगेका छन् ।
संसदमा एमसीसीको वहस हुने दिन त्यस्ता आन्दोलन अघिपछिका दिनको भन्दा योजनावद्ध रुपमा विरोधमा रहेकाहरुले पनि थप चर्काउँदै लगेका छन् । आन्दोलनकारीको रणनीति वुझेर सरकारले पनि त्यही आधारमा सुरक्षाकर्मी परिचालनको नीति बनाउन थालेको छ ।
आन्दोलनका कारण काठमाडौंको यातायात ब्यवस्था समेत अस्तब्यस्त बन्दै आएको छ । आज दिउँसो १ बजे संसदमा एमसीसीमाथी सामान्य छलफल गर्ने प्रस्ताव पेश हुँदैछ । त्यसपछि सांसदहरुले प्रस्तावको पक्ष विपक्षमा रहेर वहसमा भाग लिने संसदको कार्यसूची छ ।
यसैलाई लक्षित गदै एमसीसीको विरोधमा रहेको सत्तासिन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी देखि मोहन वैध (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा लगायतका राजनीतिक दल तथा तिनका भातृ संगठन युवा विधार्थीहरु आन्दोलनमा छन् । उनीहरुले नयाँ बानेश्वरको संसद भवन घेर्ने र विरोध प्रर्दशन गर्ने कार्यक्रम बनाएका छन् । सडकमा उनीहरुको प्रर्दशन शुरु हुन थालेको छ ।
यस्ता विरोध प्रर्दशन आक्रामक र थप आन्दोलन चर्काउन थालेपछि गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनमा रहेको सत्ता गठबन्धन दलका युवा र विधार्थी संगठनका अध्यक्षलाई विहान टेलिफोन गरी विरोध प्रर्दशन सकभर रोक्न र नभएपनि शान्तिपूर्ण रुपमा प्रर्दशन गर्न आग्रह गरेका थिए ।
गृहमन्त्रीले प्र्रर्दशनमा रहेकालाई संयमित हुन आग्रह गरेपनि आन्दोलनकारीहरुले आन्दोलन थप चर्काउने नीति बनाएको छ । सुरक्षा ब्यवस्था कडा बनाउन र निषेधित क्षेत्रमा हुन सक्ने सम्भावित विरोध प्रर्दशन रोक्नका लागि गृहमन्त्रालयले सुरक्षा ब्यवस्था पनि उत्तिकै कडा बनाएको जनाएको छ ।
आजको प्रर्दशनलाई शान्त बनाउन गृहले काठमाडौंको सम्भावित प्रर्दशन हुने क्षेत्रमा केन्द्रीत गरेर २४ सय जनपद प्रहरी र १५ सय ४५ जना शसस्त्र प्रहरी परिचालन गरेको छ । आजको सुरक्षाको समग्र कमाण्ड गर्नका लागि गृहले काठमाडौं परिसरका एसपी दिनेश मैनालीको नेतृत्वमा उक्त संख्याको सुरक्षाकर्मी परिचालन गरेका हो ।
यो संख्या गत फागुन ८ मा संसदमा एृमसीसी टेबल गर्दा सडकमा परिचालन गरेको सुरक्षाकर्मीको संख्या भन्दा झण्डै १८ सय वढी हो ।
फागुन ८ मा एमालेको संसदमा नारावाजी, माओवादी केन्द्रको विरोधका वीच सरकारले ३२ महिनादेखि संसदमा अलपत्र परेर वसेको एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गराएको थियो । उक्त दिनको विरोध प्रर्दशनलाई संयमित र उपत्यकाको सुरक्षा ब्यवस्था चुस्त बनाउन गृहले काठमाडौं प्रहरी परिसरका एसएसपी सुदीप गिरिको नेतृत्वमा २१ सय ५३ जना प्रहरी परिचालन गरेको थियो ।
तर आज काठमाडौं परिसरका एसपी दिनेश मैनालीको नेतृत्वमा शसस्त्र र जनपद गरी ३९ सय ४५ ना सुरक्षाकर्मी परिचालन गरेको छ । यी सुरक्षाकर्मीहरु सिंहदरवारको संसद भवन, अमेरिकी एम्बेसी, एमसीएको कार्यालय दरवारमार्ग, अमेरिकी राजदुतको निवास र नयाँ बानेश्वर स्थित संसद भवन क्षेत्रमा तैनाथ गरिएको प्रहरीले जनाएको छ ।
गृहले यसरी परिचालन भएका सुरक्षाकर्मीलाई रोड प्रोटेक्सन, सडकमा गुडने सवारी साधानको सुरक्षा र घेराउ गर्ने भनिएका कार्यालयको सुरक्षाका लागि परिचालन गरेको जनाएको छ ।
सादा पोशाकमा राष्ट्रिय अनुसन्धानका प्रहरी पनि परिचालन गरेको र उनीहरुले सूचना संकलन सादा पोशाकमै गर्ने र आवश्यकतामा तनि वटै सुरक्षा निकायको वीचमा समन्वय गर्ने गरि सुरक्षा ब्यवस्था मिलाइएको गृहको भनाई छ ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया