आफ्नै पार्टीको निशानामा किन परिन् शहरी विकास मन्त्री झाँक्री ?
झाँक्रीकै पहलमा स्वास्थ्यमन्त्रीको निवासमा मन्त्रीहरुको छुट्टै छलफल, एमसीसीमा पार्टीले ह्वीप लगाउन नहुनेमा दवाव बढाउने निश्कर्ष

काठमाडौं । २०६२/०६३ सालको जनआन्दोलनका बेलाका चर्चित नेतृ हुन् – रामकुमारी झाँक्री । उनी अहिले कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारका शहरी विकास मन्त्री पनि छिन् ।
सधै जसो सडक आन्दोलनको हिमायति र पार्टी नेतृत्वको समेत गलत रवैयाको विरोधमा खुलेरै आलोचनामा उत्रन सक्ने नेतृको रुपमा उनको पहिचान थियो । तत्कालिन नेकपा कालमा उनी केपी ओलीको चर्काे आलोचक थिइन् । ओलीले दुई –दुई पटक संसद विघटन गरेपछि उनी फेरि एकपटक सडक आन्दोलनकी ‘वाघिनी’ कै रुपमा देखिएकी थिइन ।
ओली प्रधानमन्त्री रहेका बेला नेकपाभित्रको अन्तरकलह चुलिरहँदा गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले झाँक्री पक्राउ समेत परेकी थिइन् ।
त्यसपछि झन उनको चर्चाको शिखर चुलिएको थियो ।
जव नेकपाको एकता टुटट्यो, त्यसपछि पनि नेकपा एमाले पार्टी विभाजित बन्यो । उनी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको नेतृ बन्न पुगिन । देउवाको नेतृत्वमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी देखि राष्ट्रिय जनमोर्चासम्मको सत्ता गठबन्धन निर्माण भयो ।
त्यसपछि उनी नेकपा एकीकृत समाजवादीको तर्फबाट शहरी विकास मन्त्री बनिन । मन्त्री बनेपछि भने झाँक्रीको विगत र अहिलेको ब्यवहार फरक देखिन थालेको उनकै पार्टीका जनवर्गीय संगठनकै नेताहरुले आरोप लगाउन थालेका छन् ।
पछिल्लो पटक उनी एमसीसी सम्झौताका विषयमा आफुले दिएको अभिब्यक्तिका कारण पार्टीभित्रै निशानामा परेकी छिन् ।
नेकपा एसनिकट विधार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले सार्वजनिकरूपमै मन्त्री झाँक्रीलाई मन्त्री पदले विक्षिप्त बनाएको टिप्पणी गरेका छन् । ‘रामकुमारी झाँक्रीलाई मन्त्री पदले विक्षिप्त बनायो । झाँक्रीलाई सरकारमा बसेर पार्टी नीति विपरित बोल्न छुट छैन । यदि हाम्रा मन्त्रीहरू अमेरिकी डलरमा बिकेका हुन् भने तिनीहरूलाई सरकारबाट फिर्ता बोलाइनुपर्छ ।’ सुदेशले सार्वजनिक रुपमै मन्त्री झाँक्रीको चर्काे आलोचना गदै भने ।
सुदेश मात्रै होइन, झाक्रीको अभिब्यीक्त र कार्यशैलीका विरुद्ध नेकपा एसको जवस मोर्चाका अन्य नेताहरु पनि बोलेका छन् ।
युवा संघका अध्यक्ष नरेश शाही, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ सम्मले पनि झाक्रीको भूमिका सन्देहपूर्ण रहेको भन्दै उनलाई पार्टीले यस्तै भूमिका खेले कारवाही गर्नुपर्ने धारणा राखेका छन् । त्यसपछि पार्टीको जवस मोर्चा संगठनको बैठकले मन्त्री झाँक्रीलाई सचेत गराउने निर्णय नै औपचारिक रुपमा गरेको छ ।
झाक्री एमसीसीको पक्षमा पार्टीभित्र लविङ्गमा लागिरहेकी छिन् । बुधबार मात्रै पनि उनले स्वाथ्यमन्त्री विरोध खतिवडाको निवासमा एकीकृत समाजवादीका मन्त्रीहरुको बैठक नै बोलाउन लगाएर एमसीसीको पक्षमा लविङ्ग गरेकी थिइन् ।
पार्टीका आफ्नै मन्त्रीहरु एमसीसीका पक्षमा भित्रभित्र लविङमा लाग्न थालेपछि अध्यक्ष माधव नेपालले मन्त्रीहरुलाई पार्टीसँग परामर्श गरिराख्न सुझाएका थिए ।
गत सोमबार मात्रै अध्यक्ष नेपालले मन्त्री झाक्री, प्रेम आले, किसन श्रेष्ठसँग पार्टी कार्यालयमा छलफल गरेका थिए । स्वास्थ्यमन्त्री विरोध खतिवडा भने विरगञ्ज र हेटौडाका कार्यक्रममा रहेका कारण काठमाडौंमा नरहेकोले उक्त छलफलमा उनी भने सहभागी थिएनन ।
तर मन्त्री झाक्रीले फेरि पनि भित्रभित्र एमसीसीको पक्षमा लविङ्ग जारी नै राखिन् । उनले पार्टीले एमसीसीको पक्षमा कुनै पनि सांसदलाईृ ह्वीप लगाउन नहुने र सवैलाई स्वतन्त्र मत राख्न दिनुपर्ने र यसैका आधारमा सरकारको विषयमा कुनै निर्णय लिनु नहुने वताउँदै आएकी थिइन् ।
चितवनमा वुधबार एक कार्यक्रम र संसदबाट बाहिरिँदै गर्दा गत फागुन ८ गते मन्त्री झाँक्रीले एमसीसीको विषयमा दोहोरो नीति लिन नहुने भन्दै पक्षमा खुल्ने गरी सार्वजनिक अभिब्यक्ति दिएकी थिइन् ।
त्यसपछि पनि झाँक्रीकै पहलमा हिजो वुधबार साँझ स्वास्थ्यमन्त्री विरोध खतिवडाको निवासमा नेकपा एकीकृतबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको छुटटै बैठक बोलाउन भूमिका खेलिन । झाँकी, प्रेम आले लगायतको आग्रहमा मन्त्री खतिवडाले सवै मन्त्रीलाई आफनै क्वार्टरमा बोलाएर बुधबार राती छलफल गरेका थिए ।
उक्त छलफलमा मन्त्री झाँक्रीले एमसीसीका विषयमा पार्टीले कसैलाई पनि ह्वीप नलाउने र सवैले आ आफनो स्वतन्त्र धारणा राख्न पाउने गरी जानुपर्नेमा लविङ्ग गरेकी थिइन् । अहिले सरकार छोडनै नहुने र सरकारमा मन्त्री रहेकाले भने सरकारको प्रस्तावको पक्षमा उभिने गरी धारणा बनाउनु पर्ने बताएकी थिइन ।
झाँकीको यस्तो सक्रियता नेकपा एसले रुचाईरहेको थिएन । यही वुझेर सम्मानित नेता झलनाथ खनालले विहिबार विहान माओवादी र जसपाका शीर्ष नेताहरुको सिंहदरवारको छलफल पछि नेकपा एकीकृतले विपक्षमा मतदान गर्ने र त्यसका लागि पार्टीले ह्वीप लगाउने बताएका थिए ।
त्यसपछि एकीकृत समाजवादीको मोर्चा संगठनले पनि मन्त्री झाँक्रीलाई पार्टी निर्णय विपरीत अभिव्यक्ति नदिन सचेत गराउने निर्णय गरेको हो । मन्त्री झाँक्रीलाई सार्वजनिक अभिव्यक्ति दिँदा ध्यान पुर्याउन सचेत गराउने निर्णय भएको जवस मोर्चाका एक नेताले मेरोन्यूजलाई बताए ।
‘अरु मन्त्रीहरुबारे पनि छलफल भएको छ । तर रामकुमारी झाँक्रीले लगातार पार्टी लाइन विपरीत अभिव्यक्ति दिइरहनुभएकाले सचेत गराउने निर्णय भएको छ’, ती नेताले भने । मोर्चा संगठनको प्रमुख उपमहासचिव विजय पौडेल छन् । नेकपा एसको मोर्चा संगठनको निर्णयकै आधारमा फागुन १ देखि नेकपा एकीकृत समाजवादी एमसीसीको विरोधमा अहिले सडक आन्दोलनमा उत्रेको छ ।
















उम्मेदवारमाथिको उजुरी जाँच गर्दै आयोग, आजै नामावली प्रकाशन गरिने
4 killed, 8 injured in road accident in Pakistan’s Punjab
बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
अफगानिस्तानमा आम नागरिकमाथि भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषद् द्वारा निन्दा
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
रास्वपाले आशिका तामाङलाई दियो टिकट
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया