सिंहदरबारमा सभामुख सापकोटा र गृहमन्त्री खाँणबीच भेटवार्ता
मेरोन्यूज
२०७८ फागुन १२ गते १५:५३

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच छलफल सुरु भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा दुई नेताबीच छलफल जारी रहेको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम र मिलेनियम च्यालेन्ज कर्पोरेसन( एमसीसी) विषयमा छलफल जारी छ। अहिले सभामुख सापकोटा र खाँणबीच बैठक जारी रहेको स्रोतले बतायो । स्रोतले भन्यो,‘अवरुद्ध संसद् कसरी निर्विवाद सञ्चालन गर्ने, टेबुल भइसकेको एमसीसी कसरी सर्वसम्मत रुपमा अनुमोदन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।’
उता संसद् भवनमा कांग्रेस प्रधानमन्त्री शेरबहादुर देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा सहभागी छन् । भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलसहितको बैठक अहिले जारी छ।
सम्बन्धित













माघ ४ गते राष्ट्रियसभा अधिवेशन आह्वान गर्न सिफारिस
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध
इरानमा सरकारविरोधी प्रदर्शन चर्किँदै, ज्यान गुमाउनेकाे संख्या ५ सय नाघ्याे
गगन थापाले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा के छ ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया