शनिबार, वैशाख २६, २०८३

सिंहदरबारमा सभामुख सापकोटा र गृहमन्त्री खाँणबीच भेटवार्ता 

मेरोन्यूज २०७८ फागुन १२ गते १५:५३

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच छलफल सुरु भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा दुई नेताबीच छलफल जारी रहेको छ ।

Advertisement
NiccNicc

पछिल्लो राजनीतिक घटनाक्रम र मिलेनियम च्यालेन्ज कर्पोरेसन( एमसीसी) विषयमा छलफल जारी छ। अहिले सभामुख सापकोटा र खाँणबीच बैठक जारी रहेको स्रोतले बतायो । स्रोतले भन्यो,‘अवरुद्ध संसद् कसरी निर्विवाद सञ्चालन गर्ने, टेबुल भइसकेको एमसीसी कसरी सर्वसम्मत रुपमा अनुमोदन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।’

उता संसद् भवनमा कांग्रेस प्रधानमन्त्री शेरबहादुर देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा सहभागी छन् । भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलसहितको बैठक अहिले जारी छ।

प्रतिक्रिया