सोमबार, पुष २८, २०८२

ओलीको क्याबिनमै पुगे प्रचण्ड

मेरोन्यूज २०७८ फागुन १२ गते १७:३३

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच छलफल भएको छ । एमसीसीका कारण सत्ता गठबन्धन धरापमा परिरहेका बेला नेताहरूबीच दौडधुप बढेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा बाहिरिए लगत्तै प्रचण्ड छलफलका लागि ओलीको क्याबिनमा पुगेका हुन् । भेटमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुवास नेम्वाङ र विष्णु पौडेल छन् । त्यस्तै माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत सहभागी छन् ।

देउवा र ओलीबीच बेलुकी ७ बजे फेरि छलफल हुँदैछ । 

प्रतिक्रिया