मंगलबार, पुष २९, २०८२

राप्रपा नेताहरुको कार्यविभाजन, कसलाई के जिम्मेवारी ?

मेरोन्यूज २०७८ फागुन १२ गते १८:३४

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी नेताहरुको थप कार्यविभाजन गरेका छन् । पार्टीको विधान बमोजिम नेताहरूलाई विभागको प्रमुख पदमा अध्यक्ष लिङ्देनले मनोनयन गरेका छन् ।

महामन्त्री राजेन्द्र गुरुङलाई संयोजित संगठन समन्वय विभागको जिम्मेवारी दिइएको छ । प्रवक्ता मोहन श्रेष्ठलाई प्रचार विभाग प्रमुखमा मनोनित गरिएको छ । त्यस्तै अर्का प्रवक्ता गोपाल दाहालले सम्पर्क समाज समन्वय विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

ज्ञानेन्द्र शाहीलाई सुशासन विभागको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्य आनन्द अधिकारीलाई प्रवास विभाग प्रमुख, लक्ष्मी संग्रौला लाई वाणिज्य क्षेत्र समन्वय विभाग प्रमुख र दमन बस्नेतलाई खेलकुद विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया