जसपाका दुई नेता बोकेर बाबुराम पनि देउवा भेट्न बालुवाटारमा

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरवहादुर देउवासँगको छलफलका लागि भट्टराई पार्टीका थप दुई नेता बोकेर अहिले बालुवाटार पुगेका हुन् ।
भट्टराई जसपाभित्र एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा छन् । भट्टराईले कृषिमन्त्री महिन्द्र राय यादव र नेता इस्यिाक राईलाई बोकेर बालुवाटार पुगेका हुन् । जसपाभित्र चर्काे अन्तरविरोध चर्केका बेला भट्टराई कृषिमन्त्री महिन्द्र राय यादव र जसपा नेता इस्यिाक राईलाई साथ लिएर प्रधानमन्त्रीसँगको बार्ताका लागि बालुवाटारमा पुगेका हुन् ।
जसपाको केन्द्रीय कार्याकारिणी समितिको बैठक भोलिका लागि बोलाईएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादव र भट्टराईका वीचमा अस्वस्थ्य द्दन्द्द चर्केपछि पार्टी विभाजनको डिलमा पुगेको छ । यादव एमसीसी यथास्थितीमा पारित गर्न नहुने प्रचण्ड र माधव नेपालसँग सहमत छन् । यादव उनीहरु दुई नेतासँगको वाक्लो सम्वादमा पनि छन् । तर भट्टराई भने एमसीसी पास गर्नुपर्ने भन्दै देउवासँगको सम्वादमा छन् ।
भट्टराईलाई यस अगाडी कांग्रेसका पूर्णवहादुर खडकाले उनकै निवासमा पुगेर भेट गरेका थिए ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया