मंगलबार, पुष २९, २०८२

एमालेसँगको सम्वादपछि प्रचण्डले भने – एमसीसी र सदन खुलाउन कुराकानी भयो

मेरोन्यूज २०७८ फागुन १२ गते १९:०८

काठमाडौँ । सत्तागठबन्धनमा एमसीसीले खटपट ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको सम्वाद कांग्रेस र माओवादी दुवै दलले अगाडी बढाएका छन् । एमसीसीमा मौन बसेर गत भदौं २३ गते देखि लगातार संसद अवरोध गदै आईरहेको एमालेको साथ दुवै दलले खोजेका छन् ।

प्रधानमन्त्रीले अव सत्तागठबन्धन अगाडी जान नसक्ने भन्दै एमसीसीमा साथ दिए एमालेले उठाउँदै आएको मागमा खुलस्त छलफल गर्न आफु तयार रहेको बताएपछि फेरि अहिले कांग्रेसका शीर्ष नेतासहित एमालेका शीर्ष नेताहरुको सम्वाद हुन लागेको छ ।

दिउँसो बानेश्वरस्थित संसद भवनमा रहेको प्रतिपक्षी दलका नेता ओलीको च्याम्बरमै पहिले प्रधानमन्त्री र ओली , त्यसपछि सँगै दुई पार्टीका अन्य नेताहरुको छलफल भएको थियो । प्रधानमन्त्री ओलीसँग छुटिटएसगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि ओलीलाई त्यही च्याम्बरमै भेटन पुगेका थिए । त्यसपछि फेरि एमालेका ओली सहित नेता र माओवादीका प्रचण्ड सहितका नेताहरुका वीचमा छलफल भएको थियो ।

ओलीसँग तिक्क्त सम्वन्ध रहेका प्रचण्डको भेटपछि राजनीतिक सम्वन्ध फेरि नयाँ कोर्समा जान खोजेको चर्चा पनि भईरहेको छ । यही बेला ओलीसँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी र सदन खुलाउने विषयमा छलफल भएको बताएका छन् ।

संसद् भवनमा एमालेसँगको छलफलपछि बाहिर निस्कने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भेटमा आ-आफ्ना कुरा राखिएको बताएका छन् ।

प्रचण्डले भने, -एमसीसी र सदन खुलाउने विषयमा छलफल भयो । आ-आफ्ना कुरा राखियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी मुद्दा मिल्ने विषयमा एक ठाउँमा आउन प्रस्ताव गरेका थिए । त्यसक्रमा उनले एमसीसीबारे एमालेले धारणा स्पष्ट पार्न पर्ने बताएका थिए । 

तर एमालेले भने छलफल जारी राख्ने बताएको थियो । एमालेले आफूहरुको माग सम्बोधन भएपछि एमसीसीबारे छलफल गर्ने बताएको एक नेताले जानकारी दिए ।

दुई पार्टीका शीर्ष नेतृत्वबीच राष्ट्रिय मुद्दा, एमसीसी र सदन सुचारू गर्नेबारे छलफल भएको प्रचण्डका सचिवालय सदस्य रमेश मल्लले जानकारी दिए ।

प्रतिक्रिया