कांग्रेस-एमाले वार्ता फेरि बालुवाटारमा शुरु

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र एमालेका नेताहरुवीच फेरि भेटवार्ता शुरु भएको छ । प्रधानमन्त्री शेरवहादुर देउवा सहित कांग्रेसका शीर्ष नेताहरुले दिउँसो बानेश्वरस्थित संसद भवनमै रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको च्याम्बरमा ओलीसहितका नेताहरुसँग सम्वाद गरेको थियो ।
प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न सहयोग गर्ने शर्तमा एमाले माग सम्वोधन गर्न आफु लचिलो हुने बताएपछि साँझ बालुवाटारमा फेरि छलफलमा बस्ने निधो भएको थियो । त्यही निधोका वीच अहिले फेरि प्रधानमन्त्री देउवा र ओली सहित कांग्रेस र एमालेका नेताहरुको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता शुरु भएको हो ।
बालुवाटार बार्तामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल , उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी छन् । त्यस्तै कांग्रेसवाट प्रधानमन्त्री देउवा,, महामन्त्री गगन थापा , उपसभापति पूर्णवहादुर खडका, सञ्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्की पनि सहभागी भएका छन् ।
एमाले मागका आधारमा सभामुख अग्नि सापकोटालाई हटाउने विषयमा कांग्रेस र एमालेवीच छलफल हुने बताईएको छ । त्यस्तै केही प्रदेश सरकारमा एमालेले मुख्यमन्त्रीमा आउने र संघीय सरकारमा एमालेको सहभागिता हुने नहुने विषयमा पनि अहिलेको बैठकमा छलफल हुन लागेको छ । छलफल निर्णायक बने एमालेले गत भदौं २३ देखि जारी राखेको संसद अवरोध खुलाउने छ । एमसीसीमा प्रधानमन्त्रीलाई एमालेले सहयोग गर्नेछ ।













Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
प्रतिक्रिया