शुक्रबार, वैशाख २५, २०८३

युक्रेनमा रहेका नेपालीलाई राजदूतावासको सुझाव : उडान बन्द छ, सुरक्षित रुपमा घरमै बस्नुस् (सूचनासहित)

मेरोन्यूज २०७८ फागुन १२ गते २०:०१

Advertisement
NiccNicc

काठमाडौं । युक्रेनमा रहेका नेपालीलाई संयमता अपनाइ हाल बसोबास गरिरहेको घरभित्रै सुरक्षित बस्न सरकारले आग्रह गरेको छ ।

जर्मनीको बर्लिनमा रहेको नेपाली राजदूतावासले युक्रेन र रुसबीच विकसित पछिल्लो परिस्थितमा युक्रेनको हवाइ क्षेत्र नागरिक उडानका लागि बन्द रहेकाले घरमै बस्न आग्रह गरिएको हो।

हवाइमार्गबाट तत्काल युक्रेन छाड्न सम्भव नहुने देखिएकाले संयमता अपनाइ हाल बसोबास गरिरहेको स्थानमा सुरक्षित बस्न, युक्रेन सरकार र सम्बन्धित कलेज, विश्वविद्यालयद्वारा जारी निर्देशनको पालना गर्न तथा सम्भव भएका सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमी तर्फका बढी सुरक्षित स्थानमा जान राजदूतावासले आग्रह गरेको छ ।
त्यस्तै राजदूतावासले परिवार तथा नियोगसँग नियमित सम्पर्कमा रहन आग्रह गरेको छ ।

रुसले आज विहानबाट युक्रेनमा सैन्य कारबाही थालेको छ । यसक्रममा दर्जनौंको मृत्यु भएको छ । राजधानी किभ लगायतका कयौं स्थानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छ्न् ।

प्रतिक्रिया