मंगलबार, पुष २९, २०८२

सभामुखलाई मार्गप्रशस्त गर्न गृहमन्त्रीको आग्रह

सरकार अल्पमतमा पार्न खोजेको, एमाले सांसदलाई संसदीय प्रक्रियामा ल्याउन नसकेको आरोप

मेरोन्यूज २०७८ फागुन १२ गते २१:०२

काठमाडौं । सभामुख अग्नि सापकोटालाई मार्गप्रसस्त गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन् । सरकारलाई अल्पमतमा पार्न भूमिका खेल्न खोजेको र लामो समयसम्म पनि प्रतिपक्षी एमालेलाई संसदीय प्रक्रियामा ल्याउन नसकिएको भन्दै राजनीतिलाई ट्याकमा लैजानका लागि पनि अव सभामुखले बाटो खुल्ला गरिदिन प्रधानमन्त्रीले सभामुखसँग आग्रह गरेका हुन् ।

प्रधानमन्त्री शेरवहादुर देउवाको तर्फबाट त्यस्तो सन्देश बोकेर गृहमन्त्री बालकृष्ण खाँणले आज सभामुख अग्नि सापकोटासँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री देउवा सहित कांग्रेस नेताहरुले प्रतिपक्षी एमाले सहित एमालेका नेताहरुसँग नयाँ बानेश्वरस्थित संसद भवनमै रहेको ओलीको च्याम्बरमा भेट गरिरहँदा गृहमन्त्रीले सभामुखसँग भेटवार्ता गरेका थिए ।

सभामुखले संसदमा गत फागुन ८ गते पेश भएको एमसीसी सम्झौताको सैद्धान्तिक छलफलकै फेल गराउने गरी माओवादी योजनामा काम गर्न खोजेको आरोप प्रधानमन्त्री र प्रधानमन्त्रीको दल कांग्रेसको छ । संसदमा आज एमसीसी सम्झौतामाथी सैद्धान्तिक छलफल हुने कार्यसूची थियो ।

सभामुखले बोलाएको कार्यब्यवस्था परामर्श समितिमा सैद्धान्तिक छलफलमा लगिने र त्यसमा बोल्न चाहने सांसदहरुलाई ५ मिनेट बोल्न समय दिने गरी सहमति बनेको थियो । कुनै पनि प्रस्तावमाथी संसदमा सैद्धान्तिक छलफलका लागि विचार गरियोस भन्ने प्रस्ताव अगाडी बढाउन पनि वहुमतले पारित हुनुपर्ने हुन्छ ।

तर त्यो ध्वनीमतका आधारमा पारित गर्नेतिर भन्दा पनि सभामुखले पक्ष विपक्षमा मत विभाजनकै विधिबाट अगाडी बढन चाहेको र त्यसको माग सत्तागठबन्धनमै रहेको माओवादीका २८ सांसदले उठेर गर्न लागेको सूचना प्रधानमन्त्रीले पाएपछि अन्तिम समयमा प्रधानमन्त्रीकै आग्रहमा संसदको आजको बैठक स्थगित भएको थियो ।

अव भोलि संसद बैठक बोलाईएको छ ।

कुनै पनि दलका २८ जना सांसदले उठेर कुनै पनि प्रस्तावमा मतविभाजनको माग गरे भने मत विभाजन गर्नुपर्ने प्रतिनिधीसभा नियमावलीमा ब्इवस्था छ । त्यही ब्इवस्था अनुसार माओवादीले आजको बैठकमै त्यस्तो तयारी गरेको सन्देश प्रधानमन्त्रीमा पुगेपछि प्रधानमन्त्रीले प्रतिपक्ष दलसँग सम्वाद आवश्यक रहेकोले बैठक रोक्न गरेको आग्रह्का आधारमा सभामुखले अन्तिम समयमा बैठक स्थगित गरेका हुन् ।

त्यसपछि सभामुखसँग गृहमन्त्री खाँणको भेटवार्ता भएको हो ।

यता एमाले अध्यक्ष ओलीसँग देउवाले एमसीसी पारित गर्न सहयोग गर्ने शर्तमा एमालेको मागमा आफुनो पार्टी खुलस्त छलफल गर्न तयार रहेको र माग सम्वोधनका लागि पनि कुराकानी गर्न सकिने गरी लचिलो धारणा राखिरहेका बेला गृहमन्त्री र सभामुखवीच भेटवार्ता भएको हो ।

सभामुखले भने आफु सम्वैधानिक ब्यवस्थाकै आधारमा अगाडी वढिरहेको जवाफ गृहमन्त्रीलाई दिएका थिए ।

एमालेले आफुले माधव नेपाल लगायत १४ जनालाई कारवाही गर्दा पनि सभामुखले सूचना टाँस गरेर कारवाही प्रक्रिया अगाडी नबढाउँदा आफनो पार्टी विभाजित हुन पुगेको भन्दै कि १४ सांसदलाई कारवाहीको सूचना टाास गर्नुपर्ने कि सभामुखले मार्गप्रसस्त गर्नुपर्ने माग गदै आएको थियो । त्यही माग उठाउँदै एमालेले गत भदौं २३ देखि संसदको बैठक अवरोध गदै आएको थियो ।

सत्ता गठबन्धनमा एमसीसी पारित गर्ने विषयमा समझदारी नजुटेपछि प्रधानमन्त्री अहिले सत्तागठबन्धन तोडने, आवश्यक परे सभामुखमाथी पनि एमाले मागका आधारमा एक्सनमा जाने गरी अगाडी बढन् चाहेको छ । त्यही सन्देश सहित गृहमन्त्रीले सभामुखसँग भेट गरेको गृहमन्त्री निकट स्रोतले बताएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र कांग्रेसका वीचमा सहमति जुटेर नयाँ राजनीतिक कोर्श अगाडी वढे सभामुखको पदमाथी आक्रमण हुने सम्भावना वढेर गएको छ ।

हटाउन सक्लान् सभामुखलाई ?

सभामुखले स्वेच्छिक राजीनामा नदिएको खण्डमा उनलाई हटाउन महाअभियोग बाहेक अर्काे विकल्प अहिले छैन । त्यसका लागि एमालेले गत सातामात्रै खाली कागजमा हस्ताक्षर गरी राखेको सांसदहरुको हस्ताक्षर दुरुपयोग हुन सक्ने देखिएको छ । एमालेका तर्फबाट महाअभियोग प्रस्ताव दर्ता गर्ने र त्यसमा कांग्रेसले साथ दिने गरी नयाँ समिकरण बन्न सक्ने अनुमान राजनीतिक वृत्तमा लगाउन थालिएको छ ।

एमसीसी संसदमा टेबल नै नगरेको भए सभामुख हटाउन कांग्रेस नै लाग्ने देखेपछि आफुले लचक बनेको प्रचण्डले पार्टीको बागमति प्रदेश कमिटिको बैठकमा बताएका थिए ।
कदंकदातिचत सभामुख हटाउन एमाले कांग्रेस तयार भए पनि उनलाई हटाउन संसदको दुई तिहाई सांसदहरुको साथ आवश्यक पर्छ ।

संसद्मा हाल कायम सांसद संख्या २ सय ७१ छ, जसमा एमालेका ९७, कांग्रेसका ६१, एकीकृत समाजवादीका २४, जनता समाजवादीका २०, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीका १२, जनमोर्चा, नेमकिपा र राप्रपाका एक–एक सांसद छन् । कांग्रेसका दुई सांसद विरामी भएका कारण उपचारमा छन् । कांग्रेस, एमाले , लोसपा एक ठाँउ हुन सक्ने देखिन्छ । तर अन्य पार्टी सभामुखमाथीको महाअभियोगको पक्षमा नहुन सक्छन् ।

यसले कांग्रेस एमाले माथी नै थप अस्थिरताको काम गरेको आरोप लाग्ने देखिन्छ ।

प्रतिक्रिया