शनिबार, वैशाख २६, २०८३

राजनीतिमा नयाँ धुव्रिकरण

बालुवाटारमा कांग्रेस, बालकोटमा एमाले नेताहरु आन्तरिक छलफलमा

शुक्रवार विहान फेरि दुई पार्टी छलफलमा बस्ने, त्यस अगाडी आजको छलफलबारे पार्टी धारणा बनाउने तयारी

मेरोन्यूज २०७८ फागुन १२ गते २१:५३

काठमाडौं । कांग्रेससँगको सम्वाद सकारात्मक भएको निश्कर्षका साथ एमाले नेताहरु अध्यक्ष केपी ओलीको निवास बालकोटमा आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री सहित कांग्रेसका नेताहरु शेरवहादुर देउवा गगन थापा, ज्ञानेन्द्रवहादुर कार्की र पूर्णवहादुर खडकासँगको सम्वादपछि एमाले नेताहरु ओली निवास बालकोटमा जम्मा भएका हुन् ।

Advertisement
NiccNicc

काग्रेस पनि एमालेसँगको छलफल पछि बालुवाटारमा आन्तरिक छलफलमा बसेको छ ।

उता ओली निवास बालकोटमा एमाले नेताहरु जमघट भएको छ ।

आजको दुई चरणमा भएको छलफलपछिको निश्कर्षका विषयमा आन्तकिर छलफल गरेर भोलि विहान पूनः वार्ता गरेर थप रणनीति बनाउने गरी उनीहरु उठेका छन् ।

संसदको अवरोध खुलाउनका लागि एमालेले राखेका अडानमा कांग्रेस लचक भएको छ । त्यस्तै गठबन्धन तोडन पनि काग्रेस तयार भएको छ ।

त्यसपछि उनीहरु अव सभामुखलाई के गर्ने भन्नेमा आन्तरिक छलफलमा बसेका हुन् ।

प्रतिक्रिया